१४ बैशाख २०८१, शुक्रबार

नेकपा उदयपुरद्वारा संगठन विस्तारमा तीब्रता

0

फागुन २७, उदयपुर /नेपाल कम्युनिस्ट पार्टी उदयपुरले संगठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्रता दिएको छ ।

पार्टीको केन्द्रको ६ महिने आवधिक याेजना अनुसार संगठन सुदृढ तथा विस्तार अभियानका क्रममा नेपाक उदयपुरले संगठन विस्तारलाई तिब्रता दिएको हाे ।

नेकपा उदयपुरले शनिबार जिल्लाकाे चौदण्डिगढि नगरपालिका १० भिमसेन टोलमा हिरालाल बिश्वकर्माको अध्यक्षतामा १३ जना टोल कमिटी गठन गरेको छ ।

यस्तै नेकपाले साेही वडामा राजकुमारी राईको अध्यक्षतामा २१ जनाकाे अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे गठन गरिएको बताइएको छ ।

यसै क्रममा नेकपाले त्रियुगा नगरपालिका १३ बेढहवामा सशिकला चौधरीको संयोजकत्वमा ९ जना टोल कमिटी गठन गरिएको जनाइएको छ ।

नवनिर्वाचित कमिटीलाई बधाई दिदै उदयपुर जिल्ला सेक्रेटरी जित बहादुर सीले वर्तमान दलाल व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि जनआधारित पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

उनले मिटर ब्याजी, बैंक तथा लघु बितिय संस्थाले जनतालाई आत्मा हत्या गर्न बध्य बनाएको भन्दै नेकपाले जनतालाई साथमा लिएर जनकारबाही उद्घोष गरे ।

कार्यक्रमकाे संचालन जनपत्रकार संगठनको केन्द्रिय सचीवलय अनिता गजमेरले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।