७ बैशाख २०८१, शुक्रबार

मिटर ब्याजी र लघुवित्तका विरूद्वकाे संघर्षकाे नेतृत्व युवाले लिनुपर्छ: नेता जागृत सी

0

फागुन २८, प्युठान /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जागृति सीले बैंक तथा वित्तीय संस्थाकाे चर्को शाेषण र मिटर ब्याजीहरूकाे अवैध धन्दाका विरूद्वकाे संघर्षको नेतृत्व युवा संगठन नेपालले लिन निर्देशन दिएका छन ।

आइतबार युवा संगठन नेपाल प्युठानकाे तेस्राे पुर्ण वैठकलाई सम्बाेधन गर्दै नेता जागृत सीले यस्तो निर्देशन दिएका हुन ।

प्युठान जिल्ला इन्चार्ज समेत रहेका जागृत सीले युवाहरूले राष्ट्रिय स्वाधिनता, जनजीविकाकाे सवालमा महंगी, चर्काे ब्याजदर र मिटर ब्याजीकाे लुटका विरुद्वकाे संघर्षमा युवाहरूले अग्रपंक्तिमा रहेर संघर्षमा भाग लिनुपर्ने बताए ।

त्यस्तै वैठकमा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम लुम्विनी व्यूराे इन्चार्ज सागर सीले जिल्लामा हुने सामाजिक बेथितिका विरूद्व एकपटक एक उथलपुथल पैदा गर्ने गरि संघर्ष गर्न निर्देशन दिए ।

उनले जिल्लामा लघुवित्त र मिटर ब्याजीहरूलाई कार्वाही गर्दा जनताकाे व्यापक उपस्थिति र जनताकै अगुवाइमा जनताद्वारा जनकार्वाही गर्नुपर्ने बताए ।

बैठकले मुक्ति सीकाे संयोजकत्वमा २० सदस्यीय भेला आयाेजक समिति गठन गरेको छ भने आगामी वैशाख ३० गते तेस्राे जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ ।

वैठकमा पार्टी केन्द्रीय प्रतिनिधि समितिका सदस्य बुलेट सी, प्युठान जिल्ला सेक्रेटरी परिर्वतन सी, युवा संगठनका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज वीरबल सी लगायतले आफ्नो भनाइ राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।