१६ चैत्र २०८०, शुक्रबार

दलाल संसदीय व्यवस्थाले उत्पीडित समुदाय र क्षेत्रको मुक्ति दिँदैन: नेता विषम सी

0

फागुन २९, जुम्ला /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले दलाल संसदीय व्यवस्थाले कुनै पनि उत्पीडन वर्ग र कर्णालीका पछाडि पारिएका जनता मुक्ति नदिने बताएका छन ।

कर्णाली मुक्ति माेर्चा नेपालकाे दाेस्राे भेलालाई साेमबार सम्बाेधन गर्दै नेता वियम सीले यस्तो बताएका हुन ।

नेता विषमले कर्णालीमा धेरै स्रोत साधन हुदाहुदै पनि त्यसको उचित प्रयोग नगरी कर्णालीलाई गरिवीकाे नाममा गरेर खाने दलालहरूले कर्णालीलाई मुक्ति नदिने भन्दै अब कर्णाली मुक्ति माेर्चाले कर्णालीका सबैखाले उत्पीडनका विरूद्व संघर्ष गर्न निर्देश दिए ।

उनले विभिन्न खाले उत्पीडनका विरूद्व संघर्ष गर्न विभिन्न जातीय क्षेत्रीय माेर्चा गठन गरेको र यसै अनुसार कर्णाली मुक्ति माेर्चा भएको भन्दै यसले कर्णालीकाे मात्रै नभई सम्पूर्ण उत्पीडित समुदाय र देशको मुक्ति दिनेमा विश्वास ब्यक्त गरे ।

नेता विषमले कर्णालीले १० वर्षे जनयुद्ध देखि विभिन्न परिवर्तनका आन्दोलनमा याेगदान गरेको भन्दै याे दलाल संसदीय व्यवस्था फाल्न पनि कर्णालीले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

उनले जनयुद्धलाई अपराधिकरण गर्न खाेजिएकाे भन्दै याे आफुहरुलाई सह्य नहुने र यसको विरूद्व जस्तो सुकै संघर्ष गर्न पनि तयार हुने बताए ।

नेता विषमले नेपाली जनताले परिवर्तन चाहेको र त्यसैको उपज रवि लामिछाने जस्तो ब्यक्ति आएको बताए ।

उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सीले दलाल संसदीय व्यवस्थाले कर्णालीलाई साैतेनी व्यहार गर्ने गरेको भन्दै अब याे माेर्चाले कर्णालीकाे क्षेत्रीय उत्पीडनका विरूद्व संघर्ष गर्नुपर्ने बताए ।

उनले कर्णालीकाे राजधानी समेत डाेटीमा बनाउन खाेजेकाे भन्दै यसका विरूद्व कर्णाली बासीले संघर्ष गरि ४ जनाकाे बलिदानले सुर्खेत राजधानी बनेको बताए ।

नेता संगम सीले माेर्चाले कर्णालीकाे मुक्ति सँगै राष्ट्रिय मुक्तिकाे लागि संघर्ष गर्ने बताए। उनले आफ्नो पार्टीले गाउँ घरमा भइरहेको लघुवित्तकाे चर्को शाेषणका विरूद्व पनि संघर्ष गर्ने बताए ।

केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज प्रभाजित सीले कर्णाली मुक्ति माेर्चाका पुर्व अध्यक्ष परन दराला सँग देशको मुक्तिको लागि बलिदान गर्ने १ सय ८० जना जुम्लीले बलिदान दिएको स्मरण गर्दै जुम्ला सदै परिवर्तनको पक्षमा रहेको बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवन सी, मुगु रारा इन्चार्ज समाज सी, हुम्ला जिल्ला इन्चार्ज निर्माण सी, डाेल्फा जिल्ला इन्चार्ज सेराप, कालिकोट जिल्ला सेक्रेटरी शाहासी सी, जिल्ला सेक्रेटरी सफल सी, युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य कर्ण सी, अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य सभ्यता सी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य निर्माण सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रेरणा सी लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवाकाे साँस्कृति प्रस्तुति रहेको थिया ।

सबैखाले उत्पीडनका विरूद्व धनिभूत संघर्ष गराैं, आत्मनिर्भर कर्णालीका लागि दाेस्राे भेला सफल पाराैं भन्ने मुल नाराका साथ शुरू भएको भेलामा विराट सीकाे अध्यक्षता रहेको थियो भने तिलागुफा इन्चार्ज रमेश सीले कार्यक्रमकाे संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।