१४ बैशाख २०८१, शुक्रबार

जुम्लामा विभिन्न पार्टी परित्याग गरि २ दर्जन नेकपामा प्रवेश

0

फागुन ३०, जुम्ला /जुम्लामा विभिन्न पार्टी परित्याग गरि २ दर्जन नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

साेमबार जुम्लामा कर्णाली मुक्ति माेर्चाकाे भेला कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ दर्जन नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरूमा चन्द कठायत, किशोर कठायत, अष्टमान कठायत, कुसिन्द्र कठायत, हिक्मत कठायत, तुफान कठायत, हिवेन्द्र कठायत, विकाश कठायत, तुल्छी कठायत, उमेश कठायत, लाेकेश कठायत, भक्त परियार, चन्द चदारा, साेनु परियार, पुष्कर वुढा, धिरेन्द्र बिक, टंक परियार, देव परियार, खड्क वुढा र नर तिरूवा लगायतका युवाहरू रहेका छन ।

नवप्रवेशि लाई अविर खादा लगाएर नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी, उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सी, कालिकोट जिल्ला इन्चार्ज बलवन सि, जिल्ला जिल्ला इन्चार्ज प्रभाजित सीले स्वागत गरेका थिए ।

नवप्रवेशि लाई स्वागत गर्दै नेकपा स्थायी समिति सदस्य विषम सीले आफ्नो पार्टी मात्रै देशमा युवाहरुको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने बैज्ञानिक पार्टी भएकोले देश निर्माणमा एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

उनले आफ्नो पार्टी भाेटकाे लागि नभएर देशमा भएका दलाली, भ्रष्टाचारी, महंगी, कालोबजारी, बिकृति, बिसंगति र राष्ट्रिय स्वाधीनताकाे पक्षमा लड्ने पार्टी भएकाले यस अभियानमा जोडिन सबै युवाहरुलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।