१५ चैत्र २०८०, बिहीबार

नेकपा र नेकपा माओवादी समाजवादी बिच भोलि २ बजे पार्टी एकता हुँदै

1

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ।महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका छ्न।

काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरि एकताको घोषणा गर्ने जानकारी दिइएको छ।

बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपा र नेकपा माओवादी समाजवादी बिच भोलि २ बजे पार्टी एकता हुँदै

  1. कम्युनिस्ट एकता आजको आवश्यकता ।स्वागत छ ।सुशील कम्रेड लाई

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।