१४ बैशाख २०८१, शुक्रबार

सबै खाले उत्पीडनकाे अन्त्य समाजवादी क्रान्तिले मात्र हुनेछ: नेता विषम

0

फागुन ३०, जुम्ला /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले क्षेत्रीय उत्पीडन, उपेक्षा, असमानता, विभेद, सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक सबै खाले उत्पीडनको अन्त्य र पूर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्रै हुने बताएका छन।

मंगलबार जुम्लाकाे खलङ्गामा पत्रकार सम्मेलन मार्फत कर्णाली मुक्ति माेर्चाको भेलाकाे निर्णय सार्वजनिक कार्यक्रममा बाेल्दै नेता विषमले यस्तो बताएका हुन ।

उनले नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा उत्पीडित समुदायको सहभागिता अनिवार्य भएको भन्दै आन्दोलनलाई नयाँ दिशा र स्वरूप दिनको लागि नेकपाले नयाँ संश्लेषण सहित मुक्तिकाे लागि नयाँ नीतिहरु अघि सारेको बताए ।

नेता विषमले कर्णाली क्षेत्र उत्पीडन, उपेक्षा, असमानता र विभेदित बन्नुपर्ने जुन परिस्थिति छ यी सबै असमानताको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै हुने ठाेकुवा गरे ।

उनले नेपालको वर्तमान दलाल संसदीय व्यवस्थाको संविधान र कानुनमा जतिसुकै समावेशिताको नारा दिए पनि यो व्यवस्थाका सञ्चालकहरुले त्यो मुद्दालाई व्यापारको विषय बनाएको र आफ्नो स्वार्थमा उपयोग गरेकाे जिकिर गरे ।

नेता विषमले कर्णाली नेपालको एक अभिन्न हिस्सा भएको भन्दै नेपालको सीमा क्षेत्रको अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध समेत संघर्ष गर्नुपर्ने बताए ।

उनले विगतका सरकारको तर्फबाट भएका सुगौली सन्धी तथा सन १९५०को असमान सम्झौता , विप्पा, सुपर्दगी लगायतका सम्पूर्ण असमान सन्धी संझौताहरु खारेज हुनुपर्ने बताए ।

नेता विषमले एमसीसी संझौता नेपाल र नेपाली जनताको सार्वभौमिकता र स्वाधिनता विपरीत राष्ट्रघाती संझौता भएको भन्दै यसलाई खारेज गरिनुपर्ने बताए ।

उनले नेपाल सरकार र अमेरिकी सरकार वीच भएको एसपीपी सम्झौता एमसीसीकै कार्यान्वयनको सैन्य कदम भएको भन्दै यसलाई तुरुन्त खारेज गरि नेपाली जनताको सार्वभौम अधिकारको रक्षाकाे ग्यारेण्टी गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बाेल्दै नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति माेर्चाका संयोजक विराट सीले कर्णालीलाई क्षेत्रीय उत्पीडन, राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा हुने गरिने उपेक्षित ब्यहारका विरूद्व माेर्चाले घनिभूत संघर्ष गर्ने बताए ।

उनले कर्णालीका नाममा हुने भ्रष्टचार, कमिशन, महङ्गी, कालोबजारी र लघुवित्तकाे चर्काे शाेषणका विरूद्व माेर्चाले जस्तोसुकै संघर्ष गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेता विराटले नेपाल वा नेपाल बाहिर जुनसुकै स्थानमा बसोवास गरेको भए पनि कर्णालीको विकास, समृद्धि र कर्णालीका साँस्कृतिक संरक्षणका लागि लड्ने व्यक्ति, समुदाय र संस्थाहरुलाई संगठित र एकतावद्ध गरी माेर्चाले संघर्ष गर्ने बताए ।

उनले कर्णालीका जनतामाथि हुँदै आएको उत्पीडन, उपेक्षा, असमानता र विभेदका विरुद्ध हुने हरेक संघर्ष र आन्दोलनमा मोर्चाको ऐक्यबद्धता जनाउने बताए ।

नेता विराटले नेपाल र नेपाली जनतामाथि हुने राजनैतिक, आर्थिक, भौगोलिक, धार्मिक र साँस्कृतिक वैदेशिक हस्तक्षेपका विरुद्ध माेर्चाले जुनसुकै मूल्य चुकाउन तयार हुने समेत ठाेकुवा गरे ।

उनले नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले यसले कुनै पनि औपनिवेशिक नीति स्वीकार नगर्ने र स्वाधीनताको पक्षमा माेर्चा सदैव लडिरहने प्रतिबद्धता गरे ।

नेता विराटले जनतन्त्र, जनजिविका, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समनता, शान्ति र सम्मृद्धिको पक्षमा सबैसँग सहकार्य र मोर्चावन्दी गरी संघर्ष अगाडि बढाउने बताए ।

मोर्चाको भेलाले विराट सीको संयोजकत्वमा २५ सदस्यीय कमिटीमा ६ जना पछि थप्ने गरी १९ जनाको केन्द्रीय समिति बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।