८ बैशाख २०८१, शनिबार

सरकारहरु बदलिए तर अवस्था बदलिएन: नेता विषम

0

चैत १, जुम्ला /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले पुरानो राज्य सत्ता भित्र सरकार र केही स्वरूप बदलिएको भएता पनि नागरिकको अवस्था नबदलिएको बताएका छन। मंगलबार जुम्लाको खलङ्गामा पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता विषमले यस्तो बताएका हुन ।

उनले पुरानो राज्य सत्ताको केही स्वरूप बदलिएको भएता पनि मूल रूपमा अवस्थामा कुनै परिवर्तन नभएकाले यो दलाल व्यवस्थालाई फाल्नु पर्ने आवश्यक भएको बताए ।

नेता विषमले नेपालको वस्तु स्थितिले क्रान्तिको माग गरेको भन्दै सवै खाले शोषण, दमनको अन्त्यका लागि एकीकृत जनक्रान्तिमा लाग्नुको विकल्प नभएको बताए ।

उनले नेता कार्यकर्तालाई पार्टीको योजना कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिदै क्रान्तिले माग गरे वलिदान दिन समेत तयार हुनुपर्ने बताए ।

नेता विषमले जनतालाई लुट्ने संसदीय व्यवस्था अन्त्य गरी त्यसको ठाउँमा शोषण रहित वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने भन्दै उनले दलाल संसदीय पूँजीवादी व्यवस्थाले जनविश्वास गुमाईसकेको औल्याउदै देशको राष्ट्रिय स्वाधीनता जनतन्त्र र जनजीविकाका लागि जनताको पार्टी विकल्पको रुपमा नेकपा भएको वताए ।

नेता विषमले पार्टीले अगाडि सारेको कार्यदिशा र कार्यनीति मार्फत देश र जनतासंग जोडिएको जनआधारित पार्टी, जनाधारित संगठन, जनआधारित नेता निमार्ण गर्दै दलालविरुद्ध जनअनुमोदीत कार्वाही गर्ने पार्टीको मुल बटम लाईन भएको बताए ।

प्रशिक्षण कार्यक्रममा उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सी, कालिकोट जिल्ला इन्चार्ज बलवन सी, जुम्ला इन्चार्ज प्रभाजित सी, मुगु जिल्ला इन्चार्ज समाज सी, हुम्ला जिल्ला इन्चार्ज निर्माण सी लगायतका अतिथिको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।