१३ बैशाख २०८१, बिहीबार

समाजवादी देशभक्त मोर्चाको पहिलो बैठक चैत २ गते बस्दै

0

काठमाडौ / समाजवादी देशभक्त मोर्चाको प्रथम बैठक चैत २ गते बस्ने भएको छ। कम्युनिस्ट आन्दोलनका आधारभुत सिद्धांतका विषयमा समान धारणा रहेका नेकपा सहितका चार पार्टीहरुको रणनीतिक मोर्चा- ‘समाजवादी-देशभक्त मोर्चा’ को पहिलो बैठक काठमाडौको बुद्दनगर स्थित नेकपाको कार्यालयमा बिहान ८ बजे बस्ने भएको हो।

बैठकमा चार कम्युनिस्ट पार्टीबाट पार्टी प्रमुखसहित तीन/ तीन जना प्रतिनिधिहरु सहभागी हुने बताईएको छ ।

नेकपाको तर्फबाट महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य उमा भुजेल ‘शिलु’ ले प्रतिनिधित्व गर्ने जनाइएको छ भने बैठकले राजनीतिक अस्थिरता, आर्थिक सङ्‌कट र देशमाथि वैदेशिक हस्तक्षेपको विरुद्ध सशक्त प्रकारका कार्यक्रम बनाउने गृहकार्य भइरहेको स्रोतको दाबि छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।