१२ बैशाख २०८१, बुधबार

विघटनको उत्कर्षमा पुगेको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जाँदैछ: विप्लव

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा बुधबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एकता सम्बन्धि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

“२०६२/६३साल वरिपरिबाट नेपालको कम्युनिस्ट आन्दोलनमा विघटन, विचलन, रास्ट्रघात र फुटको उत्कर्षमा गएको थियो ।अब कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण  र एकताको दिशामा संगठित गर्ने प्रयास र थालनी गरेका छौँ ।”

उनले भने,-“यो एकता भनेको दलाल पुजीवाद, भुमण्डलीकृत साम्राज्यवाद ,भारतीय साम्राज्यवाद र संसदीय गोलचक्करबाट देशलाई मुक्त गर्न तथा नेपालका कम्युनिस्ट देशप्रेमीहरुलाई गोलबन्द गर्नका लागि गरिएको एकता हो ।
यो एकता औपचारिक रूपमा आजको कार्यक्रमबाट भएको जस्तो भएको देखिए पनि यसका पछाडि साझा जिम्मेवारी , सुझाव, आवश्यकता र उदेश्यले प्रेरित गरेको छ।”

बैशाख ९ गते अर्थात लेनिन जयन्तीको सन्दर्भमा एकता प्रकृयालाई पूर्णता दिने गरि शुरु भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले आफुहरुले नेपालका सबै कम्युनिस्टहरुलाई एकताबद्द गर्न खोजेको र त्यसको वस्तुगत आवश्यकता रहेको प्रसङ्ग कोट्याउदै- विश्व विकासको नयाँ युग र चरणमा प्रवेश गरेको बेला नेपालका दलालहरु अति कम विकसित देशको अध्यक्ष हुनका लागि लडाइँ गर्दैछन् । यो स्थितिबाट देशलाई मुक्त गर्न कम्युनिस्ट पार्टी र आन्दोलनलाई एकताबद्द गर्न जरुरी रहेको बताए।

नेपालका कम्युनिस्ट पार्टीहरुको दलालीकरणको स्थित र त्यसको समाधानको सन्दर्भमा -माओवादी सरकारमा हुँदा एमालेले माओवादीलाई विदेशीको गोटी बन्यो भन्छ, एमाले सरकारमा हुँदा माओवादीले एमालेलाई विदेशीको गोटी भयो भन्छ,यो उनीहरुको रहर होइन दलाल उत्पादन सम्बन्धले पैदा गरेको उनीहरुको नियति हो । यस्तो वर्षौ देखि किन भयो? मुल्यांकन गरौँ ,माओवादी र एमाले भित्रका नयाँ पुस्ताले अब यसको लेखाजोखा गर्नुपर्छ त्यसका लागि हामी दुई पार्टी बिचको एकता प्रक्रिया एउटा थालनी हुनेछ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकाल गरेका थिए भने एकता सम्बन्धि पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु शिलु सी, भरत सी केन्द्रिय सल्लाहकार दीर्घ सी लगाएत नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा स्थायी समिति सदस्य अनिल शर्माले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।