१३ बैशाख २०८१, बिहीबार

भारतीय एस.एस.बीद्वारा महोत्तरीका सन्तोष साह कुटपिट विरुद्ध नेकपाद्वारा बिरोध

0

महोत्तरी /नेपाल कम्युनिस्ट पार्टीले भारतीय सिमा सुरक्षा वल (एस एस बी)ले महोत्तरी जिल्ला सम्सी गाउँपालिका ७ शकर चौक निवासी सन्तोष कुमार शाहलाई कुटपिट गरेको घटनाप्रति विरोध जनाएको छ।नेकपा महोत्तरी जिल्ला इन्चार्ज प्रशान्त र सेक्रेटरी धुर्व्रद्वारा बिहिवार जारी प्रेस बिज्ञप्ती मार्फत कुटपिटको घटना प्रति ध्यानाकर्षण भएको भन्दै बिरोध जनाईएको हो।

विज्ञप्तीमा-सम्सी गाउँपालिका – ७ का सन्तोष कुमार साह दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा नेपाल तर्फको बाटो खराब भएको कारण दशगजा क्षेत्रमै भारतीय पक्षले बनाएको बाटो प्रयोग गरी फर्किरहेको अवस्थामा एस.एस.बि. का जवानले बाटोमै रोकी नागरिकता देखा भन्दै कुटपिट गरेको सो घटनाका विरुद्ध स्थानीयहरुले विरोध प्रर्दशन समेत गरेको बताइएको छ।

जिल्ला इन्चार्ज प्रशान्त र सेक्रेटरी धुर्वद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ:”महोत्तरीको सम्सी गाउँपालिका –७, शंकर चौकमा हिजो साझ ५ बजे भारतीय सिमा सुरक्षाबल (एस.एस.बि.) का जवानले नेपाली युवा माथि गरेको कुटपिटको घट्ना प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ ।

सम्सी गाउँपालिका – ७ का सन्तोष कुमार साह दिदीको घरबाट आफ्नो घर फर्कने क्रममा नेपाल तर्फको बाटो खराब भएको कारण दशगजा क्षेत्रमै भारतीय पक्षले बनाएको बाटो प्रयोग गरी फर्किरहेको अवस्थामा एस.एस.बि. का जवानले बाटोमै रोकी नागरिकता देखा भन्दै कुटपिट गरेका थिए ।

सोका विरुद्ध स्थानीयहरुले विरोध प्रर्दशन समेत गरेका थिए ।
साहको गाउँ नजिकै रहेको दशगजा क्षेत्रमा विगत देखि नै भारतीय पक्षले पटक पटक नेपालीहरुलाई कुटपिट र दुःख दिँदै आइरहेको छ । यस्ता गतिविधिहरु तुरुन्त रोक्न हामी भारतीय पक्षलाई चेतावनी दिन चाहान्छौं । साथै सिमामा रहेका सबैखाले समस्याहरु यथाशीघ्र समाधान गर्न दुबै देशका सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गराउदछौं।”

विज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।