१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रका लागि संगीत”अभियात्राका कलाकारहरुलाई कैलालीको लम्किमा स्थानीयद्वारा स्वागत

0

कैलाली । राष्ट्रका लागि संगीत अभियानका कलाकारहरुलाई आज कैलालीको लम्कीमा एक कार्यक्रमबिच स्वागत गरिएको छ। चैत ४ गते धनगढीमा हुने कार्यक्रमका लागि कैलाली पुगेको जनवादी कलाकारहरुलाई नेकपा पूर्वी कैलाली जिल्ला समितिले स्वागत गरेको हो ।

राष्ट्रका लागि संगीत अभियनका कलाकार चिरन सीले राष्ट्रभक्ति र जनवादी गीतहरु लोप हुँदै गएको, राष्ट्रभक्ति जनवादी गितहरुलाई मानिसहरुले बिर्सिदै गएको जसले समाज परिवर्तन गरेको थियो देश परिवर्तन गरेको थियो, ती सम्पुर्ण गीतहरुलाइ कलाकारहरुलाई बिर्सदै गएको र पछिल्लो नेपालको सांगीतिक क्षेत्रमा विभिन्न छाडा गित अगाडि आएर देश राष्ट्रभक्ति कलाकारहरुको अपमान गरेको बताए ।

प्रगतिवादी श्रस्टा चिरनले -ज्योति मगर जस्ता मौसममा नाईटो देखाउदै देशको हितको विपरीत छाडा कलाकारहरुले कला र संस्कृतिलाई लोप गराएको हो।

उनले भने-” नेपाली युवायुवतीहरूले नेपालको कला संस्कृति बिर्सदै गएको र अझभन्दा गरेको संविधान लोकतन्त्र गणतन्त्र ल्याउनको लागि योगदान गराउने कलाकारहरुलाई बिसिँदै गएको कलाकारहरूको गीतबाट नै कला संस्कृतिबाट देश परिवर्तन गर्ने जनयुद्ध जस्ता युद्धहरुमा पनि गीत र संस्कृतिबाट कलाकारहरुले अग्रिम भूमिका खेलेको इतिहासलाई बिर्सिदै गर्दा यो अभियान चलाउनुपर्ने भएको बताए।

स्वागत कार्यक्रमका अध्यक्षता नेकपा केन्द्रीय सदस्य गणेश सीले गरेका थिए भने पूर्वी कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुले फूलमाला र अबिर लगाएर जनकलाकारहरुलाई स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।