७ बैशाख २०८१, शुक्रबार

राष्ट्रका लागि सङ्गीत अभियान सञ्चालन गरेका हौँ: मणी थापा

कला, साहित्य र सँस्कृति देशको मेरुदण्ड हो: चिरन पुन

0

चैत्र ३ धनगढी /जनवादी कलाकार तथा सर्जक मणी थापाले अहिलेको अवस्थाले देश नचल्ने भएकाले राष्ट्रका लागी संङ्गीत अभियान सञ्चालन गरेको बताएका छन् । कलाकार तथा सर्जक थापाले चैत्र ४ गते धनगढीको ओम प्यालेसमा गरिने जनवादी साँस्कृतिक कार्यक्रमबारे जानकारी गराउन शुक्रबारधनगढीमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

आलोपालो र भागबण्डाले देश चल्दैन,त्यसैले नेताहरुलाई जिम्मेवार बनाउन राष्ट्रका लागि संङ्गीत अभियान सञ्चालन गरेका हौ “थापाले भने -हामी कलाकारहरु एक ठाउमा छौ ,नेताहरु पनि एक ठाउँमा आउनु पर्छ भन्ने दबाब सृजना होस् भन्ने उदेश्यले पनि अभियान सञ्चालन गरेका हो।

साहित्यकार तथा कलाकार थापाले नेपालका हरेक आन्दोलनमा जनबादी कलाकार र गित संगीतले पार्टी भन्दा एक कदम अगाडी रहेर काम गरेको बताउदै अहिले जनबादी कलाकार र गीत संगीतलाई उपेक्षा गर्ने काम भएको बताए ।

२००७ साल देखि अहिले सम्म जनबादी गीत संगीतका माध्यामबाट जनकलाकारहरुले देशका आमुल परिबर्तनहरुमा उल्लेख्य भूमीका निर्बाह गरेको बताउदै उनले सामाजीक परिबर्तन र राजनैतिक परिबर्तनका लागि गीत गाउने कलाकारहरुलाई राज्यले बेवास्ता गरेको समेत उल्लेख गरे ।

राष्ट्रियताका सवालमा जनजीविकाका सवालमा कलाकारहरु सन्तुष्ट नभएको बताउदै उनले फेरी जनतालाई सचेत गर्दै शक्तिशाली बनाउन अभियात्रा सुरु गरिएको बताए । फेरी पनि जनताका गीत गाउनु पर्छ, सचेत बनाउनु पर्छ भनेर अभियान सुरु गरेको बताउदै उनले फेरी पनि हतियार उठाउन नपरोस भनेर नेताहरुको सद्वुद्दी पलाओस भन्ने अभियानको उदेश्य रहेको बताउनु भयो ।

उनले गीतसंगीत अहिले अराजक तर्फ धकेलीएको बताउदै उदण्ड मानन्छेहरु देशमा लोकप्रिय बन्दै गएको र समाजको मनोविज्ञान भत्कीदै गएको बताउनु भयो । राष्ट्र कमजोर हुदै छ, राजनैतीक मूलधारका लागी नेताहरु एकठाउमा आउनु पर्छ भन्ने सन्देश दिनका लागी बामपन्थी जनबादी कलाकारहरु एक ठाउमा आएर राष्ट्रका लागी संङ्गीत अभियान सुरु गरेको उनले जानकारी गराए ।

त्यसैगरी कलाकार चिरनले कला, साहित्य र संस्कृति देशको मेरुदण्ड भएको बताउदै बर्तमान अवस्थामा हुने मेला महोत्सवमा अश्लिल गीत र पोशाकले प्रश्रय पाउने गरेको बताउनु भयो । उनले जनबादी गीत,संगीत र जनबादी कलाकारहरुले मूलधारका कलाकारसंग प्रतिष्पर्धा गर्न सक्ने भए पनि जनबादी गीतसंगीतबाटै स्थापीत भएका नेताहरुले जनबादी कलाकारहरुलाई उपेक्षा गर्ने काम भएको बताए।

अब हुने मेला महोत्सवमा २ दिन जनबादी गीत संगीतका लागि समय दिनु पर्ने बताउदै उनले टाउको हल्लाएर अश्लिल गीत सुंन्ने र दृश्य हेर्ने मन्त्रीहरुले जनबादी कलाकारहरुलाई पनि स्थान दिनु पर्छ भनेर किन भन्न सक्दैनन भनेर प्रश्न गरे।

उनले सिमली छायामा बसी जस्ता जनबादी गीतहरुलाई समेटेर पाठ्यक्रम बनाउनु पर्ने बताउदै यसबारेमा जनबादी गीतसंगीतले स्थापित गरेका नेताहरुले गम्भिर भएर सोच्नु पर्ने बताए।

जनबादी गीत संगीतका क्षेत्रमा श्रमीक बर्गको गीत गाएर योगदान पुर्याएका बरिष्ठ जनबादी गायक गीतकार उदय शर्मा, निलिमा पुन, गीतकार संगीतकार कर्ण बिद्रोही, नाटक गीतमा नियमित कलम चलाउने नारायण शर्मा,गायक मोहित श्रेष्ठ, युवा गायक उदय रिजाल, लक्षमण पाख्रीन, अनु शर्मा र चर्चित गायक जीवन शर्माको राष्ट्रका लागी संङ्गीत अभियानमा सहभागीता रहेको छ ।

भोली चैत्र ४ गते दिउसो ३ बजे देखि धनगढीको ओम प्यालेसमा सुरु हुने राष्ट्रका लागी संङ्गीत अभियान कार्याक्रममा नि शुल्क प्रवेश रहेको आयोजकले जनाएको छ ।

राष्ट्रका लागी संङ्गीत अभियान कार्यक्रम चैत्र ४ गते कैलालीको धनगढीमा रहेको ओम प्यालेस, चैत्र ७ गते सुर्खेतको बीरेन्द्रनगर , चैत्र १० गते दाङको घोरार्ही, चैत्र १३ रुपन्देहीको बुटवल, चैत्र १६ गते चितवनको भरतपुर , चैत्र १८ गते मकवानपुरको हेटौडा, चैत्र २० गते महोत्तरीको बर्दिवास, चैत्र २२ गते सुनसरीको धरान, चैत्र २५ गते झापाको बिर्तामोड, चैत्र २८ गते कास्कीको पोखरा र बैशाख ५ गते काठमाण्डौंमा आयोजना गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।