१५ चैत्र २०८०, बिहीबार

समाजवादी- देशभक्त मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी देशभक्त मोर्चाले लघुवित्त, मिटर व्याज, राष्ट्रिय स्वाधीनता, महङ्गीका विरुद्ध चैत्र १५गते कोण सभा र चैत्र २४ गते देशव्यापी जनप्रदर्शन आयोजना गर्ने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा चैत २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक पछि मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सीले जारी गरेको बिज्ञप्तिमा -समाजवादी-देशभक्त मोर्चाको प्रदेश समिति चैत्रभित्र निर्माण गर्ने,मोर्चाको कार्यालय सचिवमा कमरेड चिरन सीलाई तोक्ने,बैशाखभित्र विभिन्न जनसरोकारका विषयहरुमा प्रदेश स्तरमा अन्तरक्रिय कार्यक्रम आयोजना गर्ने भनिएको छ।

त्यस्तै मोर्चाले काठमाण्डौंमा महिला र मधेश प्रदेशमा श्रमिक( दलित समुदाय)को विषयमा अन्तरक्रिया गर्ने, लघुवित्त, मिटर व्याज, राष्ट्रिय स्वाधीनता, महङ्गीका विरुद्ध चैत्र १५गते कोण सभा र चैत्र २४ गते जनप्रदर्शन देशव्यापीरुपमा आयोजना गर्ने, मोर्चाका नियमित कार्य संचालनका लागि केन्द्रीय कोष खडा गर्ने ,बैशाखभित्र मोर्चाको केन्द्रीय मुखपत्र प्रकाशित गर्ने, मुखपत्र प्रकाशनका लागि कमरेड आहुति, शिलु लगायत रहेको सम्पादक मण्डल
गठन गरिएको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।