१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपविरुद्ध सहकार्य जरुरी छ: नेता विषम

0

चैत ४, कालिकोट/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषय सीले राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेपका सवालमा सबै एक हुनुपर्ने बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले शनिबार सदरमुकाम मान्ममा आयाेजना गरेको समसामयिक विषयमा सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता विषमले यस्तो बताएका हुन।

नेपाल र नेपाली जनतामाथि हुने राजनैतिक, आर्थिक, भौगोलिक, धार्मिक र साँस्कृतिक वैदेशिक हस्तक्षेपका विरुद्ध सबैले एक ठाउँमा आउन आग्रह गर्दै नेता विषमले देशकाे वर्तमानमा परिस्थितिमा भ्रष्टचार, कमिशन, महङ्गी, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको चर्को शाेषणले जनतालाई आतंकित गरेकोले यसका विरूद्व सबैले संघर्ष गर्नुपर्ने बताए ।

नेता बिषमले विगतका सरकारको तर्फबाट भएका सुगौली सन्धी तथा सन १९५०को असमान सम्झौता , विप्पा, सुपर्दगी लगायतका सम्पूर्ण असमान सन्धी संझौताहरुको खारेजी हुनुपर्ने बताए।

नेता विषमले एमसीसी संझौता नेपाल र नेपाली जनताको सार्वभौमिकता र स्वाधिनता विपरीत राष्ट्रघाती संझौता भएको र त्यसैको कार्यान्वयनको सैन्य कदम एसपीपी सम्झौता भएकाले यसको खारेजिकाे लागि सबैले आ-आफ्नो ठाउबाट भुमिका खेल्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जनतन्त्र, जनजिविका, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समनता, शान्ति र सम्मृद्धिको पक्षमा सबैसँग सहकार्य र मोर्चावन्दी गर्न तयार रहेको बताए।

नेता विषमले नेपालको सीमा क्षेत्रको अतिक्रमण र हस्तक्षेप बढेको भन्दै नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले कुनै पनि औपनिवेशिक नीति स्वीकार नगर्ने र स्वाधीनताको पक्षमा सबैले लड्नु पर्ने बताए।

कार्यक्रममा बाेल्दै सविधानसभा सदस्य तुलराज विष्टले प्रचण्ड प्रधानमन्त्री हुँदैमा वामपन्थी सरकार नहुने बताउनु भएको छ ।

उहाँले कम्युनिस्टले बाम लाेकतानत्रिक गठवन्धनकाे सरकार बनाउन नहुने भन्दै प्रचण्ड कम्युनिस्ट हुन नसकेको जिकिर गर्दै

सविधानसभा सदस्य विष्टले दस वर्षे जनयुद्ध सफल नभएको भन्दै प्रचण्डले युद्धको नियम लागू नगरेको पनि जिकिर गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य अविचल सी, नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला संयोजक लक्ष्मीप्रसाद चाैलागाई (शैलेन्द्र), नेकपा एमालेका कालिकोट जिल्ला उपसचिव मनराज शाही र मजदुर किसान पार्टी कालिकोटका जिल्ला अध्यक्ष खड्गराज शाहीकाे आतिथ्यता रहेको थियो ।

कालिकोट जिल्ला इन्चार्ज बलवान् सीकाे अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझी, प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, अनुसन्धानका डिएसपी नित्यानद ढुंगाना, नेपाली कांग्रेस, राप्रपा, जनता समाजवादी, नेपाल समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायत विभिन्न सरकारी / गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।