८ बैशाख २०८१, शनिबार

समाजवादी गणतान्त्रिक मञ्चद्वारा केन्द्रिय पदाधिकारी हेरफेर

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्वद्द समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले केन्द्रिय पदाधिकारीमा हेरफेर गरेको छ।शनिबार काठमाडौमा भएको मञ्चको सातौं बैठकले पदाधिकारीमा रिक्त रहेका पदहरुमा जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

बैठकले उपाध्यक्षमा पुर्ण श्रेष्ठ ,महासचिवमा शुसिल बलम्पाकी, सचीवहरुमा राजु कार्की र अनिल राई र कोषाध्यक्षमा परमेश्वर जोशीलाई जिम्मेवारी दिएको छ भने अध्यक्ष रत्न मगर पहिले नै जिम्मेवारीमा रहेको बताइएको छ।

समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले संगठन बिस्तार गर्ने, जनताका तत्कालीन समस्याहरुबारे जनसंघर्ष गर्ने निर्णय गरेको मञ्चका सचिब राजु कार्कीले जनपत्रीका डटकमलाई जानकारी दिएका छन।

मञ्चका अध्यक्ष रत्न मगरको अध्यक्षतामा भएको बैठकमा नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी र केन्द्रिय सदस्य अखिलको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।