६ कार्तिक २०८१, मंगलवार

२५ औं साँस्कृतिक प्रतिरोधदिवस पोखरामा मनाइयो

0

५ चैत पोखरा / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रिय समिती र नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरोको संयुक्त आयोजनामा २५ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ ।

२०५५ साल चैत्र ५ गते ७ जनाकलाकारहरुको सहादत भएको दिनको सम्झनामा महासङघले हरेक वर्ष चैत्र ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउदै आएको छ । त्यसैगरी यस वर्ष पनि महासंघले कास्कीको पोखरामा साँस्कृतिक प्रतिरोध दिवस मनाएको हो ।

२०५५ साल चैत्र ५ गते तत्कालिन प्रहरीले क्रूर र अमानविय ढङ्गले काभ्रेको अनेकोटमा घेरा हाली कलम र मादलको माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिबद्ध भएका निशस्त्र ७ जना कलाकारलाई ज्युदै आगो लगएर हत्या गरेको थियो । देश ,जनता र समाजको मुक्ति र अग्रगामी परिवर्तनको लागि कलाकारहरुले बलिदान दिएका थिए ।

जनताको घर आगनमा जनताकै गीत गाउदै हिड्ने क्रममा अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय सदस्य च्याङ्बा लामा सहितको टिमलाई तत्कालीन राज्य पक्षले नियन्त्रणमा लिई हत्या गरेको दिनलाई साँस्कृतिक प्रतिरोध दिवसको रुपमा हरेक वर्ष चैत्र ५ गते मनाउने गरिएको छ ।

यसवर्ष पनि महासङघले २५ औं प्रतिरोध दिवस कास्कीको पोखरामा सामना परिवारको टिम सहित मनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्यूरो सदस्य तथा महासंघका इन्चार्ज माईला लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोलीटब्यूरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी , पोलीट ब्यूरो सदस्य आस्था सी, आदर्श सी,केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज उभार सीको, महासंघका महासचिव विवेक सीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन आरोही सीले गरेका थिए भने कार्यक्रमलाई माइला सी,राजन सी,र कुशल सीले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेकपा कास्की सेक्रेटरी काजी सीले गरेका थिए भने शोभा सी र मुक्तान थेवा सीले कविता प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।