१५ फाल्गुन २०८०, मंगलवार

मजदुरमाथि शासन गर्न मालिकको चाकरी गर्ने विचौलियाको भण्डाफोर गरौं : शिलु

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् जवस फ्रयाक्सन इन्चार्ज शिलु सीले मजदुरहरु माथि शासन गर्न मालिकको चाकरी गर्ने दलाल र विचौलियाहरुलाई नङ्ग्याउन भण्डाफोर गर्नुपर्ने बताएकी छन। अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत पुर्वी कमाण्डको समिक्षा बैठकमा मन्तव्य राख्दै नेतृ शिलुले यस्तो बतसेकी हुन।

महासंघको केन्द्रीय समिति बैठकले अध्यक्ष श्याम सीको नेतृत्वमा पुर्बि कमान्ड र उपाध्यक्ष डिल्ली सीको नेतृत्व रहने गरी पश्चिमी कमान्डमा अभियान सञ्चालन गर्ने निर्णय यस अघि नै गरेको थियो ।

सोमबार काठमाडौमा सम्पन्न बैठकले पुर्वि कमान्डको अभियान २० दिन पुगेपछि कामको समिक्षा गर्दै अभियानको थप कार्यक्रम लाई बिकास गरेर लैजाने निर्णय गरेको छ।

त्यस्तै कम्युनिस्ट पार्टी स्थापना दिवस बैसाख ९ गते र मई दिवस बैसाख १८ मा देशव्यापी मनाउने समेत निर्णय गरेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।