७ बैशाख २०८१, शुक्रबार

गरिबदुखिका गीतहरु गाउँन नपरोस् भन्छु तिनै गीतहरु सान्दर्भिक हुँदै जान्छन् : जनवादी गायक शर्मा

0

घोराही: वरिष्ठ जनवादी गायक जीवन शर्माले आफुले गाएका गरिब दिनदुखिका गीतहरु झन् सान्दर्भिक हुँदै गएको बताएका छन् ।

आज घोराहीमा राष्ट्रका लागि संगित अभियात्राद्वारा पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै जनवादी गायक शर्माले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै जनवादी गीतकार , गायक , संगितकार शर्माले भने,– ‘मेरा गितहरु असान्दर्भिक भैदिए हुन्थ्यो भन्दै गर्दा झन सान्दर्भिक हुँदै जान्छन् । अब त गरिव-दुखिका गितहरु गाउन नपरे हुन्थ्यो जस्तो लाग्छ । समाजमा कोहि धनी र कोहि गरिव हुँदासम्म मैले गरिवका गितहरु गाइरहनुपर्छ त्यसैले मेरा गितहरु सान्दर्भिक भइरहेका छन् । गरिबहरु नभइदिएको भए समृद्धिका गितहरु गाइन्थ्यो होला ।’

एक फरक प्रसंगमा बोल्दै गायक शर्माले भाषण गर्नेहरुले गित गाउनेहरुलाई वास्ता नगरेको बताए ।

गणतन्त्र प्राप्तीका लागि जनवादी गायक , गितकार , संगितकार , कवि , लेखक , कलाकारहरुले ठूलो योगदान भएपनी अहिले आएर भासण गर्न सक्ने नेताहरुको मात्रै चर्चा भएको समेत बताए ।

उनले भने  ‘सबैभन्दा सुन्दर र शक्तिशाली सिर्जना गर्ने जनवादी कलाकारहरु हेपिएका छन् । जसले स्वतन्त्रताका लागि गित गायो , समाजका लागि गित गायो र एउटा हातमा किताब र अर्को हातमा बन्दुक बोक्यो गणतन्त्रका प्राप्तिका लागि त्यसको यो गणतन्त्रमा अस्तित्व रहेन । फरक यहीँ हो कि हामिले गित गायौ नेताहरुले भासण गर्न जानेका थिए ।’

हाम्रो यो सन्देश राजनीतिक दलहरुमा जावोस् ,  ‘उनले थपे सबै बामपंथी दलहरु आपसमा झगडा होइन मिलेर हिड्नुपर्ने रहेछ भन्ने सन्देश दिनका लागि देशव्यापी संगित अभियान चलाएका छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै जनवादी गितकार तथा संगितकार मणी थापाले देशमा सहि संस्कृति नभएको बताए । उनले भने – ‘ देशमा बिदेशी संस्कृति हावी भइरहेको छ । नेपालका हरेक वर्गसंघर्षका सबै आन्दोलनमा जनवादी कवि , कलाकार , सर्जकहरुको महत्त्वपूर्ण भुमिका छ । राज्यले जनवादी कला , संस्कृतिलाई संरक्षण गर्न सकेन । सांस्कृतिक रुपान्तरणका औजारहरु लेखक , कवी कलाकारहरु हुन् । तिनलाइ राज्यले संरक्षण गर्नुपर्छ । मौलिक संस्कृति कमाजोर हुँदै छ भने देशमा सहि संस्कृति छैन ।’

मुट्ठीभर मान्छेहरु ठेकदारहरुले देश चलाएका छन् , उनले थप भने ‘ देशको यो अवस्था देखेर हामी जनवादी कलाकारहरु सन्तुष्ट छैनौ । नेताहरुलाइ सुधार्नका लागि यो अभियान सुरु गरेका हौ ।’

पत्रकार सम्मेलनको सहजीकरण जनवादी गितकार , संगितकार तथा गायक चिरण सीले गरेका थिए ।

पत्रकार सम्मेलनमा जनवादी गितकार , संगितकार तथा गायक उदय श्रेष्ठ , कर्ण बिद्रोही , मोहित श्रेष्ठ , जनवादी संगितकार तथा गायिका निलिमा पुन , जनवादी गायिका तथा सदस्य सचिव नेपाल नाट्य तथा संगित प्रतिस्ठानकि प्रगती महरा , जनवादी गायिका कुस्मिता दर्लामी , जनवादी गायक उदय रिजाल , जनवादी नृत्यकार सन्ध्या मगर , कविता पुन , जनवादी गायक लक्ष्मण पाख्रीन , नवोदित जनवादी गायिका अनु शर्मा , नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको आसन ग्रहण रहेको थियो ।

संगीत अभियात्राको आयोजनामा यही चैत १० गते भोलि २ बजे घोराहीको बहुउद्देश्यीय सभागृहमा जनवादी सांगीतिक कार्यक्रम हुने छ । उक्त जनवादी सांगीतिक प्रस्तुतिका लागि वरिष्ठ जनवादी गायक जीवन शर्मा , मणि थापा , चिरण सीसहितका १८ जना कलाकार दाङ आएको जनाइएको छ।

भोलि २ बजे घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।