१४ बैशाख २०८१, शुक्रबार

अमेरिकी नौ सेनाले आफ्नो जल क्षेत्रमा घुसपैठ गरेको चीनको दाबी

0

बेइजिङ । चिनियाँ सेनाले बिहीबार अमेरिकी युद्धपोतले दक्षिण चीन सागरमा अवैध रूपमा घुसपैठ गरेको दाबी गरेको छ । सेनाका अनुसार पारासेल टापु नजिक भएको यो घटनापछि उक्त युद्धपोतलाई त्यहाँबाट लखेटिएको थियो ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सेनालाई उद्धृत गर्दै गाईडेड मिसाइल प्रहार गर्ने युएसएस मिलियस जहाजले त्यस क्षेत्रको शान्ति र स्थायित्वलाई बेवास्ता गर्दै चीनको क्षेत्रीय जलक्षेत्रमा प्रवेश गरेको जनाएको छ।

चीनको साउथ थिएटर कमाण्डका प्रवक्ता तियान जुनलीले भने,  ‘थिएटर फोर्सले सधैँ उच्च सतर्कता कायम राख्नेछ र दक्षिण चिनियाँ सागरमा देशको सार्वभौमसत्ता, सुरक्षा, शान्ति र स्थायित्व कायम गर्न आवश्यक कदम चाल्नेछ ।’

तर, अमेरिकी नौसेनाले चिनियाँ सेनाको भनाइभन्दा फरक मत राख्दै आफ्नो राय दिएको छ । अमेरिकी नौसेनाको सेभेन्थ फ्लीटले एक विज्ञप्तिमा आफ्नो जहाज दक्षिण चिनियाँ सागरमा ‘नियमित मिसन’ मा रहेको र त्यसलाई नखेदिएको बताएको छ।

विज्ञप्तिमा अमेरिकाले अन्तर्राष्ट्रिय कानुनले अनुमति दिएको ठाउँमा उडान र जहाजको यात्रा जारी राख्ने बताएको छ। यो घटनापछि दुई देशबीच तनाव बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।