१२ बैशाख २०८१, बुधबार

नेकपा उपत्यका ब्युरोद्वारा नेता आदर्शकी आमा टङ्कीको निधनप्रति श्रद्धाञ्जली व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले पार्टीका पोलिटब्युरो सदस्य आदर्शकी आमा टङ्की कुमारी ओलीको शनिबार बिहान ८ बजे भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले आइतबार एक बक्तव्य जारी गर्दै ओलिको निधनप्रति श्रद्धाञ्जली र आफन्तहरुमा समवेदना प्रकट गरेका हुन।

नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति तथा सम्पुर्ण ब्युरो परिवारद्वारा जारि बिज्ञप्तीमा :हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कमरेड आदर्शकि ममतामयी आमा टंकी कुमारी ओलिको मिति २०७९ चैत ११ गते बिहान ८ बजे ललितपुर स्थित आफ्नै घरमा निधन भएको दु:खद खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ !

५ भाई छोराहरु( चुडामणि ओलि, लाल बहादुर ओलि,अमर बहादुर ओलि, गङाराम ओलि , माहन सहिद खगेन्द्र प्रकाश ओलि तथा छोरिहरु कलि ओलि, कौशिला ओलि, भुमी ओलि) कि आमा टंकी कुमारी ओलि आफ्ना सम्पुर्ण सन्तानलाई नेपालको महान जनयुद्ध तथा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लगाउने महान आमा हुनुहुन्थ्यो ।

८५ बर्षको उमेरसम्म पनि सबै क्रान्तिकारीहरुको प्रेरणा बन्नुभएकी आमा टंकी कुमारीप्रति हामी भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै सोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।” भनिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।