२२ बैशाख २०८१, शनिबार

वर्गिय मुक्ति विना कुनैपनि मुक्ति सम्भव छैन:जागृत सी

0

 प्यूठान् – नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले वर्गिय मुक्ति विना कुनैपनि मुक्ति सम्भव नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माण्डवी गाँउ कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । 

 

नेता जागृति सीले वैंकहरुको चर्को ब्याज, लघुवित्तको मनपरी र मिटर ब्याजेहरुको अवैध धन्दाका विरुद्ध पीडितहरु एकतावद्ध हुदैँ नवसामन्त मिटरब्याजे र नवसुदखोर लघुवित्त वित्तिय संस्थाहरुलाई गाउँगाउँबाट लखेट्न जनतालाई अनुरोधसमेत गरेका छन् । उनले दलाल संसदिय व्यवस्था असफल भैसकेकोले अव यि यस्ता सबैखाले समस्याहरुको समाधान एकिकृत जनक्रान्तिको बाटोबाट देशमा वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सम्भव रहेको जिकिर गरे । साथै, सम्पूर्ण जनसमुदायलाई एकिकृत जनक्रान्तिको अभियानमा लामवद्ध भएर समाजवादी क्रान्ति पुरा गर्न आव्हान गरे । 

 

त्यस्तै नेकपा माण्डवी गाउँ कमिटी इन्चार्ज तथा वडा नं.१ तिरामका वडा अध्यक्ष बम बहादुर बुढा मगर (क. पवन सी)ले आफू पार्टीको इमान्दार सिपाही भएकोले पार्टीको आदेश अनुसार वडावासीको सेवाका लागि वडा अध्यक्ष भएको बताए । उनले पार्टीको अर्को आदेश नआउन्जेल सम्म वडावासीको सेवामै समर्पित रहने प्रतिवद्धता पनि जनाएका छन् । 

 

विगत लामो समयदेखि नेकपा एमालेमा आश्था राख्दै आएका नेकपा एमालेका कार्यकर्ताहरु एमाले परित्याग गर्दै माण्डवी गाउँ पालिका वडा न.ं १ र २ बाट करिव २ दर्जन महिलाहरु नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा माण्डवी १ तिराम निवासी सुनिता खत्रीको नेतृत्वमा क्वारी खत्री, बसन्ती खत्री, चेत ब. खत्री, कालिका हौजाँली, राम ब. हौजाली र भुमादेवी घर्ती मगर रहेका छन् भने वडा न.ं२ बाट देविसरा पुन मगरको नेतृत्वमा छवि खड्का, खिमा खड्का, खुमा राना मगर, एनुका खड्का, गिरा खत्री, सुमित्रा पुन मगर, कमला खड्का, गिरा खड्का, सुनिता खड्का, भिमा खड्का र हुकुमा खड्का लगाएत रहेका छन् । नवप्रवेसीहरु सबैलाई फुलमाला र अविर ल्यापन गर्दै नेकपा इन्चार्ज जागृतीले पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।