७ कार्तिक २०८१, बुधबार

इलिप्स स्कुलको घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्बाही गरीयोस : (अखिल क्रान्तिकारी)

0

 

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले इलिप्स स्कुलको होस्टेलमा बस्दै आएका कक्षा ५ मा अध्यनरत छात्र अबिशेक तामाङले गरेको आत्महत्याको विषयलाई लिएर सत्य तथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्बाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेको छ। विहबार संगठनका जिल्ला संयोजक हस्त सीले एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ
“काठमाडौंको सोह्रखुट्टे नजिकै रहेको इलिप्स स्कुलको होस्टेलमा बस्दै आउनु भएको कक्षा ५ मा अध्यनरत छात्र अबिशेक तामाङले उक्त स्कुलमा पढाउने एक जना शिक्षकले दिएको मानसिक टचरले अस्ति साझ राती आत्महत्या गरेका छन । मृतकको परिवारलाई जानकारि नगराएर नै पोस्टमार्टम गरिनुले उक्त घटनालाई योजनाबद्ध हिसाबले घटाएको पुष्टि गर्न सकिन्छ । तसर्थ हाम्रो संगठन अखिल (क्रान्तिकारी) लाई यो घटनाले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्बाही तथा पीडित परिवारलाई उचित किसिमको क्षतिपुर्ती दिइयोस । अन्यथा हाम्रो संगठले कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छ । अन्तमा मृतक प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।