१० श्रावण २०८१, शुक्रबार

नेकपा नेतृ साबित्राकी आमा मनमायाको दोस्रो वार्षिकीमा शैक्षिक सामग्री हस्तान्तरण

0

पोखरा/ नेपाल कम्युनिस्ट पार्टी पोलिटब्युरो सदस्य तथा वेपता योद्धाका परिवार सावित्रा सी (आस्था)की आमा मनमाया गुरुङको दोस्रो वार्सिकीको अबसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ। सहिद स्मृति आवासिय बिद्यालय पोखरामा सावित्राकी आमा मनमायाको स्मृति तथा सम्मानमा शैक्षिक तथा खेलकुद सामग्री बितरण गरिएको हो।

बुधबार भएको सम्मान कार्यक्रममा बेपत्ता योद्धा तथा तत्कालिन विद्यार्थी नेता पुर्ण पोडलकी आमा मोतिमाया पौडेल, गुरुङकी माइली छोरी तथा ने क पा पोलिटब्यूरो सदस्य आस्था , कान्छी छोरी तथा ने क पा ( माओवादी केन्द्र ) कि प्रदेश अध्यक्ष गायत्री गुरुङ , ज्वाइँ तथा समाजसेवी केदार पौडेल , छोरा रबि प्रकाश , बुहारी कल्पना दुरा ,बिधालय ब्यबस्थापन समिति सदस्य तेज कुमारी पौडेल , ने क पा का केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज उभार सी, जिल्ला सेक्रेटरी काजी सी , माओवादी केन्द्रका वडा संयोजक शिबराज कंडेल लगाएत परिवार तथा आफन्तहरुको आतिथ्यता र उपस्थिति रहेको थियो।

एक मिनेट मौन धारण सहित निधन हुनुभएकी मनमाया गुरुङको फोटोमा माल्यर्पण गरि सुरु भएको उक्त कार्यक्रममा सहिद स्मृति आबासीय विद्यालय पोखराका खेलकुद शिक्षक निशान कार्की तथा बिधालय परिवार मार्फत भलिबल २ओटा, नेट१, फुटबल २ ओटा ,कापी र कलम सहित शैक्षिक सामग्री बितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता जेठी छोरी लक्ष्मी गुरुङ र सन्चालन कान्छा ज्वाइँ तथा माओवादी केन्द्रका नेता बखान सिङ तमुले गरेका थिए भने उक्त कार्यक्रममा छोरी आस्था र माइला ज्वाइँ केदार पौडेलले आमाको जीबनी सहित जनयुद्धमा उहाँले खेल्नुभएको भुमिकाको चर्चा गर्दै मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।