३१ भाद्र २०८१, सोमबार

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित चौकी डाँडामा रहेको राष्ट्रिय मा.वि. चौकीलाई युवा सङ्गठन भरतपुर महानगर समितिले आज एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले
विद्यालयमा स्टेसनरी सामाग्री, झोला, कापीकलम, इरेजर पेन्सिलहरू वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उत्सव सीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी समाज सबै एकजुट भएमा मात्र शिक्षा राम्रो हुनसक्ने धारणा राखे ।

त्यस्तै अर्को वक्ता अटल सीले विद्यार्थीहरुको यो समय दृष्टिकोण निर्माण गर्ने बेला भएको भन्दै विज्ञान, प्रकृतिमा आधारित भौतिकवादी चेतना निर्माण गर्न राष्ट्रिय अन्तरास्ट्रिय परिस्थितिबारे सकारात्मक, नकारात्मक विषयहरुलाई हेरेर सहि विश्लेषण गर्नुपर्ने बताए ।

उनले भने,’विद्यार्थीहरुलाई शिक्षाको पहुँच मिल्न कठिन भएको हामीलाई थाहा छ । तर  शिक्षा नै सफलता र उन्नतिको मार्गमा अग्रसर गराउने साधन हो त्यसैले जुनसुकै चुनौती सामना गर्नुपरे पनि आफ्नो सपना कहिल्यै छोड्नू हुँदैन । हामी तपाईहरुको साथमा छौं र हाम्रा यी प्रयासहरू तपाईंहरूको सफलताको सहयात्री बन्नेछन् र निरन्तर रहने प्रतिबद्धता गर्दछु ।’

कार्यक्रमको सभापति गौरव सीले आफुहरु सेवाकार्यमा निरन्तर जोडिएकाे बताए ।

कार्यक्रममा वितरण गरिएको स्टेसनरी सामाग्रीबाट १२० जना विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी, अतिथिहरु अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी, नेकपा बाग्मती प्रदेश सदस्य भरत सी, युवा संगठन नेपालका केन्द्रीय सदस्यद्वय सुमित सी, पारस सी, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका सचिवालय सदस्य भीम सी, अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य सुदिप सी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनराज गुरुङ, प्राध्यानाध्यापक नवराज रिसाल, मजदुर नेता कृष्ण सी, कर्मबोध सी, नेकपा भ.म.न.पा २९ का इन्चार्ज प्रकाश लगायतकाे उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपालका भरतपुर महानगरपालिका सचिव राजन सीले गरेका थिए भने अध्यक्षता अध्यक्ष गौरव सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।