
राजेन्द्र चिमाेरिया प्रकाशक, सम्पादक रहेको जनखबर विद्युतीय अखबार १२ गते अपरान्ह १२ बजेदेखि अवरुद्ध भएको छ ।
वरिष्ठ पत्रकार चिमाेरियाले एमसीसीकाे विरुद्ध समाचार प्रकाशित गर्नासाथ त्यसप्रकारकाे समस्या आउने गरेको बताए । केही समय अगाडि जनपत्रिका अनलाइनकाे पेज अवरुद्ध पारिएको थियो । समाचार सम्प्रेषणमा प्रविधि प्रयाेग गरेर अवरुद्ध गर्ने तथा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने कार्य अमेरिकी दूतावासले विश्वभरी गर्दै आएकाे आराेप लाग्ने गरेको छ। नेपालमा पछिल्ला घटनालाई पनि त्यसरी नै हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्