१ मंसिर २०८१, शनिबार

जनक्रान्ति-७ प्रकाशित

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे मुखपत्र ‘जनक्रान्ति’ साताैँ अङ्क प्रकाशित भएको छ । कम्युनिस्ट र वामपन्थी दलहरूबीचको कार्यनीतिक संयुक्त माेर्चाकाे बहस चलिरहेको बेला जनक्रान्ति -७ ले त्यही विषय केन्द्रीत गरेको छ ।

जसमा महासचिव विप्लव, स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्ताेष र स्थायी समिति सदस्य शिलुका आलेखहरु समाजवादी माेर्चाकाे विषयमा केन्द्रीत छन् ।

त्यसैगरी चीनको छुङकिङ वार्ता र सम्झौताबारे क्रमशः माओ र लेनिनका आलेखहरु छन् भने स्थायी समिति सदस्य गाेकुलकाे सङ्गठनात्मक तथा वैचारिक विषयमा साेधपरक शैलीमा लेखिएकाे आलेख समावेश छ ।

त्यसैगरी अन्य लेख तथा अर्थ-राजनीतिक विषयका अनुदित आलेखहरु पनि रहेका छन् । जनक्रान्तिकाे पछिल्लो अङ्कले समाजवादी माेर्चासहित विचारधारात्मक समस्या समाधान गर्न मद्दत गर्ने प्रकाशन विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।