३१ भाद्र २०८१, सोमबार

प्युठान उदयपुरकोटले अतिक्रमित समुदायिक वनका भु–भाग छुट्याउदै

0

प्यूठान् , श्रावण २० /जनज्योती सामुदायिक वन उपभोक्ता समुह माण्डवी ४ उदयपुरकोटले अतिक्रमित भु–भागहरु छुट्टयाउन नक्सा जारी गर्दै अमिन परिचालन गरेको छ ।

अघिल्लो महिना जनज्योती सामुदायिक वन उपभोक्ता समुह माण्डवी ४ उदयपुरकोट स्थित साविक वडा नं. १ धन्चौरको आम भेला मार्फत समुहको श्रोत वृद्धिका लागि सडेगलेका खयर जातका काठहरु वन डिभिजन कार्यालय प्यूठानको अनुमति विना कटान गरी विवादमा तानिएसंगै वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्यूठानको आवश्यक अध्ययन अनुसन्धान गरी विवाद मिलानपछि जनज्योतीले आफ्नो अतिक्रमित भु–भागहरु छुट्टयाउदै संरक्षण गर्न आमभेलाको निर्णयादेशमा अमिन परिचालन गरेको हो ।

नापी कार्यालय जस्पुरबाट नक्सा झिकाई अमिनको सहयोगमा सामुदायिक वन क्षेत्र छुट्टयाउदै चरिचरन वन्द उलंघन गर्ने व्यक्तिलाई आम भेलको निर्णय अनुसार दण्ड जरिवाना पनि गरिएको जनज्योती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरासिंह हौजालीले बताए ।

सामुदायिक वन उपभोक्ताको माण्डवी गाउँपालिका स्थित न्यायिक समितिमा गरिएको गुनासो तथा उजुरीका आधारमा गाउँपालिकाकै पहलमा नापी कार्यालयबाट अमिन खटाई सामुदायिक वन क्षेत्र छुट्टयाउन लागिएको वडा अध्यक्ष डिल बहादुर घर्ती मगरले बताए । पछिल्लो समय वन क्षेत्र अक्रिमण हुने कार्य दिनप्रति दिन बढिरहेकोले वन जोगाउन हम्मे हम्मे परिहेको हुँदा आम भेला मार्फत वन संरक्षणको लागी एउटा प्रयासको थालनी गरिएको अध्यक्ष घर्तीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।