१२ श्रावण २०८१, शनिबार

बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न

0

बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न भएको छ । शनिबार बुटवल १० रामनगरमा नवनिर्मित आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो ।
त्रिभुवन विश्वविद्यालयका रजिस्टार डाक्टर शिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्याम्पसको प्रगति प्रतिबेदन पारित गर्नुका साथै नयाँ संचालक समिति समेत निर्बाचित गरेको छ । संचालक समितिको अध्यक्षमा होम बहादुर गलामी, उपाध्यक्षमा नित्यानन्द ज्ञवाली, कोषाध्यक्षमा नन्दु काउचा एवं सदस्य सचिवमा घनश्याम पाठक र सदस्यहरुमा युवराज तिवारी, दिनेश थापा, कृष्ण प्रसाद पाण्डे, यमुना काउचा, अनिल प्रसाद श्रेष्ठ, सन्दिपा अस्लामी निर्वाचित भएका छन् ।
क्याम्पस सभा उद्घाटन गर्दै रजिष्टार शिवलाल भुषालले सामुदायिक क्याम्पसको विकास विना नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पहिलोपटक सामुदायिक क्याम्पसको प्रमाणपत्र प्राप्त गरेको बुटवल कालिका क्याम्पसले छोटो समयमै गरेको भौतिक पुर्वाधार एवं शैक्षिक सुधार र उत्कृष्टताका कार्यक्रमबाट त्रिभुवन विश्वविद्यालय प्रभावित भएको बताए ।
जनशक्ति पलायनलाई रोक्न गुणस्तरीय र सिपमुलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिंदै रजिष्टार भुषालले भने,-“समयमा रिजल्ट, परिक्षा प्रणाली लगायतका केहि कुरा सुधार गर्दै हाम्रा छोराछोरीलाई यहिं पढ्ने वातावरण बनाउनुपर्छ । विदेश गएकाले पनि दु:ख पाएका छन् । अब नयाँ कलेज खोल्ने हैन भएकालाई दिगो र गुणस्तरीय बनाउनेमा जोड दिने हो बरु कार्यक्रमहरु थपेर जाने हो ।”
विद्यार्थीहरुलाई पुस्तकालय फ्रि ईन्टरनेट लगायतका सुबिधाबारे मन्त्रालयसँग छलफल गरि पहल भइरहेको बताउँदै उनले विश्वविद्यालयले अनुसन्धानमुलक शिक्षामा जोड दिएको बताए ।
क्यापस प्रमुख घनश्याम पाठकले नर्सरीमा भर्ना भएको विद्यार्थी स्नातकोत्तरसम्म यहि पढ्न पाउन भन्ने हेतुले निकै संघर्ष गरि क्याम्पस स्थापना गरि संचालन गरिएको बताए । सुरुवातका कठिनाईका वर्षहरु बिताए पनि अहिले ३००० बढि विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै उनले प्राविधिक र सिपमुलक शिक्षा अवलम्बन गर्दै यस क्षेत्रकै नमुना क्यापसको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। समुदाय स्तरबाट संचालित क्याम्पसमा समाजका सबै समाजसेवी उद्योगी व्यवसायी राजनितिकर्मिहरुको साथ सहयोग पाएको खुसि व्यक्त गर्दै उनले विश्वविद्यालयबाट थप कार्यक्रमहरु ल्याउने र स्नातकोत्तरको सम्बन्धनका लागि समेत पहल भइरहेको बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख एवं कालिका मानवविज्ञान मा.वि.का प्राचार दिनेश थापाले क्याम्पसको ईतिहासबारे प्रष्ट पार्दै ३५ जनाबाट सुरु भएको क्याम्पस ३००० विद्यार्थी पढाउने आफ्नै सुबिधा सम्पन्न भवन समेत बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
क्याम्पस संचालक समिति अध्यक्ष अर्जुनमान सैंजुको अध्यक्षता एवं कार्यक्रम संयोजक बुद्धीराम चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा सामुदायिक क्याम्पस संघ लुम्बिनि प्रदेश अध्यक्ष मित्रलाल न्योपाने, पुर्व अध्यक्ष एवं ११ नम्बर वडा अध्यक्ष रामचन्द्र क्षेत्री, प्राध्यापक डाक्टर नारायण बेलबासे, प्राध्यापक गोपाल पाण्डे, संचालक समितिका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, महेश पाण्डे, गोमप्रसाद रेश्मी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।