२३ भाद्र २०८१, आईतवार

नेकपा कास्की जिल्ला समितिको छैठौ पूर्ण बैठक सम्पन्न

0

कास्की: नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला पार्टीको छैठौ पूर्ण बैठक पोखराको औद्योगिक क्षेत्र नहरचोकस्थित पार्टी क्याम्पमा सम्पन्न भएको छ ।

पार्टीकाे उत्पादन नीतिसँगै कामको समिक्षा साथै केन्द्रीय समिति र प्रतिनिधि सदस्य समितिको बैठकमा राख्नु पर्ने जिज्ञासा, सल्लाह र सुझावहरु छलफल गर्ने उद्देश्यका साथ बैठक राखिएको थियो ।

पार्टीका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सीकाे प्रमुख आतिथ्यता तथा काजी सीकाे अध्यक्षतामा बसेकाे बैठकमा कास्की जिल्ला इन्चार्ज उभार सी, केन्द्रीय प्रतिनिधि सदस्य एवम् पश्चिम् गण्डक ब्युरो सदस्य सोममाया सी, आमन्त्रित विद्यार्थी नेता उपेन्द्र सी लगायत जिल्लाका नेताकार्यकर्ताहरु उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।