५ आश्विन २०८१, शनिबार

ललितपुर महानगरले निजी विद्यालयलाई ५२ लाख रकम बाँडेको प्रति अखिल (क्रान्तिकारी)द्वारा खेद प्रकट

0

ललितपुर ।ललितपुर महानगरले निजी विद्यालयलाई ५२ लाख रकम वाढेको भन्दै अखिल (क्रान्तिकारी)ले खेद प्रकट गरेको छ। अखिल (क्रान्तिकारी) ललितपुरका इन्चार्ज निगम सी र संयोजक जनक सी द्वारा सोमवार एकप्रेस विज्ञप्ति जारी गर्दै खेद प्रकट गरिएको हो।

ललितपर महानगरले ०७९ को एसईई परिक्षामा चार जीपीए ल्याउने महानगर भित्रका ६ वटा निजी विद्यालयलाई रु.४ लाखको दरले २६ लाख र १४ जना विद्यार्थीलाई रु. २ लाखको दरले रु. २८ लाख गरी जम्मा रु. ५२ लाख गत मंगलवार वितरण गरेको थियो।

ललितपुर महानगरपालिकाको उक्त कार्यलाई लिएर सामाजिक सञ्जाल देखि जनस्तरमा व्यापक विरोध भएको छ।

“निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सामुदायीक स्कुललाई निरुत्साहित गर्ने गलत उद्देश्य सहित ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको आफ्नै अगुवाईमा भएको यस कार्यप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ।” विज्ञप्तिमा भनिएको छ।

“नाफाखोर निजी स्कूललाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्ने कार्य न संविधान अनुरुप छ, न नितीगत रुपमा नै मिल्छ । निजी विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिएको ५२ लाख रुपैयाँ सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयको पूर्वाधार विकास, पुस्तकालय लगायत अन्य कार्यमा खर्च गर्नु पर्नेमा उल्टै निजी शिक्षालाई प्रोत्साहन गर्नुले स्थानीय सरकार भनिएको महानगरपालिकाको सामुदायिक शिक्षालाई हेर्ने दृष्टिकोणमै खोट रहेको कुरा उजागर गरेको छ । स्थानीय सरकारबाट भएको यस प्रकारको सामुदायिक शिक्षा विरोधी कार्यलाई हाम्रो संगठन खारेज गर्दछ र सामुदायिक विद्यालयको स्तरवृद्धि गर्न र प्रोत्साहन स्वरुप अविलम्ब रकम प्रदान गर्न हाम्रो संगठन ललितपुर महानगरपालिका समक्ष जोडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार, महानगरपालिका र सम्बन्धीत निकाय हुने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।