५ आश्विन २०८१, शनिबार

अछाममा लक्ष्मी लघुवित्तका कर्मचारीद्वारा बचतकर्ताको ४४ लाख हिनामिना

0

अछाम/ जिल्लाको साफेबगरमा रहेको लक्ष्मी लघुबित्त वित्तीय संस्थामा कार्यरत एक कर्मचारीले स्थानीयबाट वचत संकलन गरेको ४४ लाख रकम हिनामिना गरेका छन। दार्चुला घर भइ साफेबगर शाखामा कार्यरत फिल्ड कर्मचारी प्रेम सिंह महराले उक्त रकम हिनामिना गरेको जिल्ला प्रहरी कार्यालय अछामको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सन्तोष पाठकले पुस्टी गरेका छन।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साफेबगर शाखा अन्तर्गत १ सय १७ ओटा समुह रहेको र ति समुहमा १९२२ जना सदस्य रहेको बुझिएको छ।

फिल्ड कर्मचारी महराले स्थानीय समुहबाट संकलन गरिएको बचत र कर्जाको किस्ता रकम असुल गर्ने गरेको तर बचतकर्ताहरुलाई रसिद नै नदिएर पैसा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो भने उनलाई जिल्ला प्रहरी अछामले करिब ४ हप्ता अघि पक्राउ गरि हाल बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाउन उच्च अदालत महेन्द्रनगरलाई पेश गरेको छ।

हिनामिनाबारे संस्थाका शाखा प्रमुख ऋषि राज भट्टराईलाई सोधपुछ गर्दा शाखामा अहिले नयाँ टिम आएको र यसबारे विस्तृत जानकारीका लागि हेड अफिसमा सम्पर्क गर्दा सजिलो हुने प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।