५ आश्विन २०८१, शनिबार

नेता गजेन्द्र की आमा फिपरानी इङनाम लिम्बुको निधनप्रति नेकपाद्वारा शोक व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले लिम्बु रास्ट्रीय मुक्ति मोर्चाका संयोजक तथा नेकपा नेता गजेन्द्र सी की ममतामयी आमा फिपरानी इङनाम लिम्बूको निधनप्रति शोक व्यक्त गरेको छ।नेकपा महासचिव विप्लवले शनिबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले आफुलाईदुखित र स्तब्ध बनाएको भन्दै शोक व्यक्त गरेका छन।

महासचिव विप्लवद्वारा हस्ताक्षरित शोक वक्तव्यमा -“इवा-५, वरवाेटे तेह्रथुम निवासी आमा फिपरानी इङनाम लिम्बुको निधनले हामीलाई दुखित र स्तब्ध बनाएको छ।सर्वप्रथम उहाँप्रति हार्दिक सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछौं । दुखको यस क्षणमा कमरेड गजेन्द्र , उहाँको परिवार र आफन्तहरुमा धैर्यधारणको कामना सहित समवेदना प्रकट गर्दछौं ” भनिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।