५ आश्विन २०८१, शनिबार

नेकपा केन्द्रिय समिति बैठकमा स्थायी समिति सदस्यहरुको सम्बोधन जारी

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको जारी नवौं केन्द्रिय समितिको चौथो पुर्ण बैठकमा पार्टीका स्थायी समिति सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ।नेकपाको ६ महिने आवधिक योजनाको समिक्षा, काम र योजनाका मुख्य उपलब्धी र आगामी योजना तथा समाजवादी संयुक्त मोर्चाबारे पार्टीको धारणासम्बन्धमा नेताहरूले बैठकमा सम्बोधन गरिरहेका हुन।

आइतबारबाट नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा शुरु भएको बैठकमा स्थायी समिति सदस्य सन्तोष सी- बिषमले ६ महिने आवधिक योजनाका उपलब्धिहरु माथी टेकेर नयाँ योजनाको दिशामा अगाडि बढ्नुपर्ने बताए।

केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले मार्क्सवाद पुर्वज्ञान र अनुभवहरुको अबिछिन्न उत्तराधिकार भएकोले दर्शनशास्त्रका कामलाग्ने कुराहरूलाई आत्मसात गर्दै बिचारको बिकासमा जोड दिनुपर्ने र कार्लमार्क्सले भने झैं जहाँ आर्थिक क्षेत्रको केन्द्र हुन्छ, राजनीतिको पनि मुख्य केन्द्र त्यहाँ हुने भएकोले अहिलेको राजनीतिको केन्द्र पनि अमेरिका भएको र उनीहरुको शक्ति समिकरणमा आएको फेरबदलले हाम्रो आन्दोलन र राजनीतिलाई पनि प्रभाव पार्ने भन्दै फेरिएको अन्तरबिरोध अनुसार नेकपाले नयाँ निर्णय लिएको धारणा राखेका छन।

स्थायी समिति सदस्य उमा सी शिलुले-अघिल्लो ६ महिने योजनामा नेकपाको उत्पादन र श्रम अभियानले नयाँ संस्कार, तरंग र नेताकार्यकर्ताहरुमा आत्मबल थपेको भन्दै सी जातिको अवधारणाले नेपाली समाजको जातीय संरचना ,पुरानो मनोबिज्ञानमा धक्का दिएको र यसले नयाँ सभ्यता निर्माण गर्न प्रेरित गर्ने बताइन् ।

त्यस्तै केन्द्रिय समिति बैठकमा  मन्तव्य राख्दै स्थायी समिति सदस्य  भरत सीले नेपाल र भारतका सिमा क्षेत्रमा हेल्थ डेस्क राख्न पहल गर्नुपर्ने ,अहिलेको दुनियाँमा आधुनिक सञ्चारप्राविधि र सामाजिक सञ्जालले मानिसहरूका धारणा र घटनाक्रमको प्रभावको तरंग निक्कै तीव्र भएकोले पार्टीले यो क्षेत्रलाई तीव्रतामा प्रयोग र परिचालन गर्नुपर्ने भन्दै देशको आधारभुत आन्तरबिरोध मध्ये पनि प्रधान अन्तरबिरोधको प्रधान पहलुमा फेरबदल आएकोले एकीकृत क्रान्तिको सचेत पहल र परिणामस्वरुप समाजवादी मोर्चाको बिकास भएको धारणा राखेका छन।

नेकपा स्थायी समिति सदस्य शुसिलले क्रान्ति र परिबर्तनका लागि युवाहरू मुख्य र निर्णायक ताकत भएकोले गाउँदेखि केन्द्रिय समितिसम्म उनीहरुलाई नेतृत्वमा स्थापित गर्न पार्टीले जोड गर्नुपर्ने भन्दै समाजवाद व्यवस्था र बिचार भएकोले यसको सफलता /असफलता र प्रयोगबारे यसलाई बीउ , बिरुवा र फलको रुपमा बुझ्नुपर्ने बताए।

जारी बैठकमा अब नेकपा प्रबक्ता प्रकाण्ड सी र महासचिव विप्लवले सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।