४ आश्विन २०८१, शुक्रबार

नेकपा केन्द्रिय समितिद्वारा महासचिव विप्लवको प्रस्ताव पारित

0

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको चौथो पुर्ण बैठकले पार्टीका महासचिव विप्लवद्वारा लिखित रूपमा प्रस्तुत २२ पृष्ठ लामो प्रस्ताव पारित गरेको छ।आइतबार देखि नेकपा केन्द्रिय कार्यालय कपिलवस्तु शिवगढीमा जारी बैठकमा व्यापक छलफल , बहस र सुझाव केन्द्रित गर्दै आज गडगडाहट ताली बजाएर प्रस्ताव पारित गरेको हो।

चौथो पुर्ण बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत दस्तावेज माथि १४ केन्द्रिय नेताहरूले आ- आफ्ना समुहमा छलफल गरि प्रस्तावका सकारात्मक पक्ष, सिमा, ध्यान दिनुपर्ने कुराहरू र आगामी योजनाका विभिन्न बिषयमा धारणा राखिसकेपछी स्थायी समितिका नेताहरूले समेत सम्बोधन गरेका थिए भने केन्द्रिय सदस्यहरुद्वारा प्राप्त सुझाव र जिज्ञासाबारे महासचिव विप्लवले थप व्याख्या गरेपछि प्रस्ताव पारित गरिएको हो।

महासचिव विप्लवले आफ्नो लिखित प्रस्तावमा ६ महिने आवधिक योजनाका राजनीतिक, आर्थिक , संगठन, संघर्ष र उत्पादन सम्बन्धि उदेश्यहरुको समिक्षा गर्दै पहिलो आवधिक योजना उत्साहप्रद ढङ्गले सम्पन्न भएको , पार्टीले आघि सारेको बिचार , कार्यदिशा र कार्यनीति सहि साबित हुँदै गएको, नेपालमा अमेरिकी साम्राज्यवादले हस्तक्षेप बढाएर रास्ट्रीय स्वाधीनता निकै खतरामा रहेको, देशमा आर्थिक, राजनीतिक संकट चुलिदै गएको र त्यसको दिगो समाधानका लागि साम्राज्यवाद र नेपाली जनता तथा रास्ट्र बिचको प्रधानअन्तरबिरोध हल गर्ने कार्यक्रम आबश्यक रहेको र नेपालमा समाजवादी मोर्चाको नयाँ प्रयोगले देश र नागरिकमा बिश्वास र आशा पैदा गरिरहेको धारणा राखेका थिए।

महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्ताव आजै केन्द्रिय समितिद्वारा पारित गरि सकिएको भएपनि आगामी योजनाबारे निर्णय गर्न बैठक बुधबार बिहान ८ बजेबाट शुरु हुने जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।