४ आश्विन २०८१, शुक्रबार

सबै कम्युनिस्ट, माओवादी र समाजवादी एकीकृत हुने बेला आएको छ: प्रकाण्ड सी

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् पार्टी स्थायी समिति सदस्य प्रकाण्ड सीले २००६ साल देखिका सबै कम्युनिस्ट ,माओवादीहरु र समाजवादी तथा सच्चा लोकतान्त्रिक शक्तिहरु एकीकृत हुने बेला आएको बताएका छन।नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा जारी पार्टीको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्ड सीले यस्तो धारणा राखेका हुन् ।

“बिगत२००६ साल देखिका सबै कम्युनिस्ट पार्टी र माओवादीलाई एकीकृत गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा आएको छ, यसो नगरी आजको भुमन्डलीकृत साम्राज्यवादको हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउन र परिवर्तनकारी आन्दोलनलाई पुरा गर्न पनि सकिदैन”- बिदेश बिभाग इन्चार्ज समेत रहेका स्थायी समिति सदस्य प्रकाण्ड सीले भने-” आवश्यक पर्दा काङ्ग्रेस भित्रका देशभक्तहरु पनि समाजवादी मोर्चामा आउनुपर्ने हुन्छ, हामी त्यो पहल पनि गर्छौ ।”

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले आजको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिले सिर्जना गरेका चुनौतीहरुको सामना अब मार्क्स, लेनिन र माओका तरिकाले मात्रै नहुने भन्दै आन्दोलनको आवश्यकता अनुसार सबै मोर्चाहरुको बिकास , प्रयोग र परिचालन जरुरी रहेको बताए।

नेपाल कम्युनिस्ट पार्टीले अगाडी सारेको एकीकृत क्रान्ति अन्ततः भुमण्डलीकृत साम्राज्यवाद विरुद्धको मोर्चा नै भएको र त्यसैको पछिल्लो प्रयोग समाजवादी मोर्चा भएको प्रवक्ता प्रकाण्डको भनाइ थियो।

सम्बोधनको क्रममा उनले- समाजवादी मोर्चाको घोषणाले देशभित्र मात्रै होइन, देश बाहिरका क्रान्तिकारी , देशभक्त र प्रगतिशील शक्तिहरुमा समेत सकारात्मक प्रभाव पारेको र यसलाई असफल पार्न चाहने विभिन्न तत्वहरुले भ्रम सिर्जना गर्ने प्रयास समेत गरेको बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।