३ आश्विन २०८१, बिहीबार

अडिग सीको ठाडीभाका गीत

0

.१ लघुवित्त मिटर ब्याजी, जनताका काल भया !
घुस दिया, कमिसन दिया, सरकारका जाल भया !!

२.गाँउमा गइ- समुह बनाई, आश्वासन दिया !
कसैका घरवार लुटे, कस्काई ज्यान लिया !!

३-कमाई खाने जमिन लिया, ओत लाग्ने घर लिया !
बैंकको ऋण ब्याजले गर्दा, सडकको बास दिया !!

४-समाजवादी यात्रा तिर, सबैलाई समेटौ !
मीटर ब्याजी लघुवित्त, गाँउ बाटै लखेटौं !!

५ – चर्को ब्याजका फायल बोकी, आउँछन दिन रात !
हामी गरिब जनतालाई, को दिनेछन साथ !!

६-साथ दिन्छ कम्युनिस्ट पार्टी, पीडितहरु जुट !
जीवन रक्षा न्याय पाउन, गाँउ गाँउ बाट उठ !!

७ – जाल गरी, षडयन्त्र गरी, गरिब जनताकन !
शोषण गरि शाषन गर्ने, दलालीका धन !!

८- ऋण माथिको ब्याज बोकी, जीवन धानेका छौ !
नेकपाले न्याय दिन्छ, विश्वास मानेका छौं !!

(नेकपा पश्चिम लुम्बिनी ब्यूरोको प्रकाशन:नयाँ क्रमबद्ध विचारबाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।