४ आश्विन २०८१, शुक्रबार

सी जातिको उत्पादन बजारमा

0

काठमाडौं: सी अथवा कम्युनिस्ट जातिले आफ्नो अर्थनीति अनुसार काेट, प्यण्ड, कमिज, टि- शर्ट लगायत तयारी पाेशाक उत्पादन र बिक्री प्रारम्भ गरेकाे छ । अंग्रेजी अक्षरकाे ‘सी’ भित्र टाला लेखिएको छ । टालाकाे अर्थ पुराना कपडाको टुक्रा अर्थबाेध हुन्छ । पश्चिम पहाडमा लुगाफाटालाई पनि टाला नै भन्ने गरिन्छ । सीकाे राताे रङ्गले क्रान्तिकारी र निलाे रङ्गले नेपाली झण्डाकाे रङ्गलाई भावबाेध गर्छन् । यसलाई सार्वभौमिकता र विशिष्टताकाे समायोजन भन्न सकिन्छ ।

 

त्यसैगरी लाेगाेमा रहेकाे पहाड सगरमाथा (चाेमाेलुङमा) हाे । याे उत्पादनकाे नेतृत्व नेकपाकी स्थायी समिति समेत रहेकी नेता उमा सी ‘शिलु’ ले उत्पादनकाे माग सुरुमै धान्न नसक्ने रहेकाे बताइन् । लाेगाेका कलाकार विद्यार्थी नेता नरेन्द्र सी रहेका छन् । कला समीक्षकहरुले लाेगाेकाे रङ सेताे वा कालाेमध्ये एउटा हुनुपर्ने, अक्षर कर्सिप र सेन्स सेरिज फ्रण्टमा नभएर सादा चित्राक्षर हुनुपर्ने, लाेगाे अझै सानाे आकारमा हुनुपर्ने लगायत सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।