५ आश्विन २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशभर एमसीसीको पुत्ला दहन

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले बिहीबार देशभर एमसीसीको पुत्ला दहन गरेको छ ।
एमसीसीको कार्यान्वयनविरुद्ध घाेषित संघर्षको कार्यक्रम अनुसार नेकपाले देशभर एमसीसीको पुत्ला दहन गरेको हो ।
पूर्व झापा, इलाम, पाँचथर, उदयपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, मकवानपुर, दाङ, सल्यान लगायत पश्चिम महाकालीकाे कञ्चनपुरसम्म नेकपाले राष्ट्रघाती एमसीसी सम्झौता जलाएको छ ।

नेकपा रुपन्देहीले जिल्लाका ५ ठाउँमा एमसीसीको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडामा एमसीसीको पुत्ला दहन गरेको छ । लोकप्रिय चोकमा भएको पुत्ला दहनमा नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको नेतृत्वमा गरिएको हो ।

जनताको चौतर्फी विरोधकै बिचमा संसदबाट २०७८ फागुन ७ गते पास गरिएको एमसीसी सम्झौता राष्ट्रघाती र जनघाती भएकोले एमसीसी सम्झौता विरुद्ध नेकपाले फेरि पनि देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रमको दोश्रो दिन बिहीबार नेकपा मकवानपुरले एमसीसी लेखिएको कागज तथा त्यसका राष्ट्रघाती बुँदाहरु जलाएर विरोध गरेको छ । संसदबाट जबर्जस्त पास गरिएको एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यन्वयन गर्न नदिने भन्दै नेकपाले फेरि पनि एमसीसी विरुद्ध जनसंघर्षको कार्यक्रम गर्दै आएको छ । 

नेकपा मकवानपुरले भाद्र ६ गते नगरका विभिन्न ठाउँमा एमसीसी सम्झौता विरुद्ध नाराहरु समेत लेखेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।