५ जेष्ठ २०८१, शनिबार

सरकार दमनमा उत्रियाे, देशभरी प्रहरी हस्तक्षेप र पक्राउ

0

काठमाडौं: देशद्राेही सम्झौता भनिएको एमसीसी सम्झौताको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रम अन्तर्गत हिजो बिहीबार भएको एमसीसीकाे पुत्ला दहन तथा जनप्रदर्शनकाे विरुद्ध गृह प्रशासन दमनमा उत्रिएको छ ।
विरेन्द्र नगरपालिका २ सुर्खेतको विरेन्द्रचाेकमा भएको कार्यक्रमस्थलबाट नेकपा केन्द्रीय सदस्य गणेश सी ‘ध्रुव’ र दैलेख निवासी विद्यार्थी नेता तुलाराम सीलाई सुर्खेत प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी कञ्चनपुरका एसपी कमल थापा र प्रहरी निरीक्षक यमबहादुर मल्लको नेतृत्वमा कार्यक्रमस्थल पुगेको टाेलीले महेन्द्रनगर बस बिसाैनी चमनचाेकबाट युवा नेता हर्क सी र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य ललित सीलाई गिरफ्तार गरेको थियो ।

त्यसैगरी महेन्द्र राजमार्गकाे सुख्खड, घाेडाघाेडी नगरपालिका, कैलालीमा पनि प्रहरीले हस्तक्षेप गरेको नेकपा नेता डबलले बताए ।

त्यसैगरी दाङ तुलसीपुर बजारमा राखिएको डिजिटल प्रचार सामाग्री प्रहरीले हटाएको र त्यो देशद्राेही कदम भएको आराेप नेकपा नेता सविन सीले लगाएका छन् ।

उता झापाकाे बिर्तामोड बजारमा रहेको मुक्तिचाेकमा राखिएको एमसीसी विरुद्धको प्रचार सामाग्री फाल्न आएकाे डिएसपी सुरज कार्कीको प्रहरी टाेली जनताको ठूलो विरोध र प्रचार सामग्री फालेको तस्बिर खिच्न आएकाे पत्रकारहरु क्यामरा साेझ्याएर बसेपछि देशद्राेही आराेप लाग्ने भएपछि फर्केर गएको र सिडियाे शिवराम पाेख्रेललाई राति निशाचरले झैँ होइन, जनताको बिचमा फाल्न चुनाैती दिएपछि प्रहरी पछि हट्नु सकारात्मक कदम भएको नेकपा केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन सिंह सीले बताएका छन् ।

आज एमसीए, नेपालका प्रमुख खड्ग बहादुर विष्टको पुत्ला दहन गर्ने कार्यक्रम रहेको महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा महासचिव विप्लवद्वारा एमसीसी विरुद्ध घाेषणा गरिएको संघर्षको कार्यक्रम अंग्रेजीमा पूरा  पाठ-

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।