६ आश्विन २०८१, आईतवार

रुपन्देहीमा नेकपाले जलायो ४ स्थानमा एमसीएका प्रमुख विष्टको पुत्ला

0

बुटवल: नेकपा रुपन्देहीले जिल्लाका विभिन्न स्थानहरुमा एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्लादहन गरेको छ । 

जिल्लाको बुटवलस्थित बुद्धनगर, फर्साटिकर, तिलोत्तमा र सैनामैनामा पुत्लादहन गरेको हो । बुद्धनगरस्थित पुत्लादहन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शरद सी, सेक्रेटरी विरेन्द्र सीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी विरेन्द्रले एमसीसी परियोजनामार्फत् नेपालको सार्वभौमसत्तामाथि अमेरिकी साम्राज्यवादले हस्तक्षेप गरेका कारण पार्टीले लगातार संघर्ष गर्दै आएको बताए । उनले यो परियोजना खारेज हुनुपर्ने माग गर्दै कार्यान्वयन भए प्रतिरोध गर्ने बताए । 

रुपन्देहीमा नेकपाले एमसीसी सम्झौताविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । यसअघि एमसीसी सम्झौता जलाउने, भित्तेलेखन लगायतका संघर्ष गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।