६ आश्विन २०८१, आईतवार

नेकपा गुल्मीद्वारा एमसीएका प्रमुख विष्टको पुत्ला दहन

0

तम्घास: नेकपा गुल्मीले एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत विष्टको पुत्ला दहन गरेको हो । 

जिल्लाको धुर्कोट गाउँपालिकाको बर्बोटमा एमसीए प्रमुख विष्टको पुत्ला हदन गरिएको नेकपा सचिवालय सदस्य विनोद सीले बताएका छन् । उनले एमसीसी सम्झौता नेपालको हित विपरित भएको भन्दै पार्टीले यसको विरुद्ध लगातार संघर्ष आएको बताए । 

पुत्लाहन कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु, धुर्कोट गाउँ कमिटी र वडाका स्थानीय जनताको सहभागिता रहेको थियो । 

विहीबार एमसीसी परियोजनाविरुद्ध जिल्लामा नेकपाले भित्तेलेखन गरेको थियो भने यसअघि जिल्लामा नेकपाले संघर्षको कार्यक्रम गर्दै आएको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।