६ आश्विन २०८१, आईतवार

प्रवासी नेपाली जनसमाज भारतद्वारा नेपाली दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन

0

प्रवासी नेपाली जनसमाज भारतले आज भारतस्थित नेपाली दूतावास अगाडि प्रदर्शन सम्पन्न गरेको छ ।

विरोध कार्यक्रम प्रवासी नेपाली जनसमाज भारतका केन्द्रिय उपाध्यक्ष दामोदर सीको नेतृत्वमा भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष दामोदर सीले नेपाली जनताले नचाहदा चाहदै विदेशीका दलालहरुले जबर्जस्ती एमसीसी कार्यन्वयन गर्न लागेको बताए । एमसीसीको बहानामा नेपाललाई सैन्य अखडा बनाउने अमेरिकाको सपना देशभक्त नेपाली जनताले पूरा हुन नदिने औल्याए ।


विरोध कार्यक्रममा रातो अक्षरमा go back america, no mcc, अमेरिकी साम्राज्यवाद मुर्दावाद लेखिएका प्लेकार्डसहित नाराजुलुस गरेका थिए। कार्यक्रममा केही छिन भारतीय पुलिस  प्रशासनबाट अवरोध भएपनि विरोधका बाबजुद कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।