५ आश्विन २०८१, शनिबार

प्राध्यापक युवराज संग्रौलाले भने,-‘एमसीसी कार्यान्वयनको विरोधमा तपाईं खुट्टा नकमाउनुहोस्’

0

काठमाडौँ: प्राध्यापक डाक्टर युवराज संग्रौलाले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा नेपालका कम्युनिष्ट पार्टीहरुलाई खुट्टा नकमाउन सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्राध्यापक संग्रौलाले समाजवाद भन्न नसक्ने कम्युनिष्ट पार्टी र नेताले एमसीसीको विरोध गर्न नसक्ने पनि बताए ।


उनले भने, “गरिबमाथि कर लगाएर ठुलावडामाथि अनुदान दिने व्यवस्था सामान्तवादी व्यवस्था हो । त्यसकारण एमसीसी आयो । उहाँहरुलाई वामपन्थी मान्न मिल्दैन ।”
प्राध्यापक संग्रौलाले एमसीसीमाथि विरोध गर्न चाहनेहरुले समाजवादमाथि मेरो आस्था छ भनि घोषणा गर्न कार्यक्रममा सहभागीलाई चुनौती दिए ।
उनले नेपालका कम्युनिष्ट पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउदै आफुलाई कसैले कम्युनिष्ट पार्टीमा बस्न भन्यो भने लाज लाग्ने पनि बताए ।
उनले भने, “मलाई लाज लाग्छ । नेपालको कम्युनिष्ट पार्टीमा मलाई कसैले बस्न आउनु भनेर भन्यो भने । यो तपाईहरुलाई सम्झाउनको लागि हो । आत्मआलोचित बन्नको लागि हो ।”
उनले नवउदारवादको विरोध गरी समाजवादको पक्षमा उभिनुपर्ने बताउदै नेपालमाथि अमेरिकी हस्तक्षेपको एमसीसी खारेजीको अभियानमा लाग्न अनुरोध गरे ।
प्राध्यापक संग्रौलाले राज्य व्यवस्थालाई नै अविश्वास गरेर अर्को संयन्त्रबाट एमसीसी आउनु जाहेज नभएको भन्दै अब भारत र चीनबाट आउने योजनाको पनि के संसदबाट नै पारित गर्ने हो ? भनि प्रश्न गरे ।
संविधान भन्दा माथि हुने गरी आएको एमसीसी नेपाली जनताको लागि कुनैपनि हालतमा सहि हुन नसक्ने बताउदै उनले नेपाली जनतालाई चिडाएर यो सम्झौता नेपालमा लागु नगर्न अमेरिकालाई चुनौती दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।