५ आश्विन २०८१, शनिबार

एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लियो : प्रकाण्ड

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लिएको बताएका छन् ।
नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमबार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिको मोर्चाले नयाँ मोड दिएको बताएका हुन् ।
उनले नेपाली जनता र राष्ट्रलाई लामो समयसम्म धोका हुने गरी एमसीसी आएको तर्क गर्दै कुनै पनि कोणबाट एमसीसीले नेपाली जनता र राष्ट्रलाई राम्रो नगर्ने बताए ।
प्रवक्ता प्रकाण्डले विगतमा २००६ सालदेखि विभिन्न चरणमा साम्राज्यवाद र दलाल संसदीय व्यवस्था विरुद्ध नेपाली जनताले आन्दोलन गर्दै आएपनि नेतृत्वको असक्षमताले धोका खानु परेको खुलासा गरे ।
उनले अबको क्रान्ति र राष्ट्रिय स्वाधीनताको आन्दोलनले विगतमा भएका धोकाबाट माथि उठेर देश र जनतालाई मुक्त गर्नुपर्ने र त्यसको लागि नेकपा प्रतिबद्ध रहेको बताए ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले एमसीसी विरुद्ध सुरुदेखि नै कडा संघर्ष गर्दै आएको स्मरण गराउदै फेरी राष्ट्रघाती र जनघाती एमसीसी कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध कडा संघर्ष गर्न तयार भएको बताए ।


उनले आफ्नो पार्टीको एमसीसी कार्यान्वयन विरुद्धको आन्दोलनमा सबै कम्युनिष्ट,राष्ट्रवादी, क्रान्तिकारी, देशप्रेमी, वामपन्थी, बुद्धिजीवी तथा आम नेपाली जनतालाई साथ दिन अपिल पनि गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।