६ आश्विन २०८१, आईतवार

राष्ट्रघाती एमसीसी विरुद्ध उदयपुरमा संयुक्त विरोध प्रदर्शन

0

उदयपुर: नेपालमा विवादित परियोजना मिलीनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) कार्यन्वयन घोषणा गरिएकै दिन उदयपुरमा असन्तुष्ट दलहरुले विरोध जनाएका छन् । विप्लव नेतृत्वको नेकपासँगै विभिन्न दलहरुले संयुक्त रुपमा सदरमुकाम गाईघाट बजारमा बिरोध ¥याली आयोजना गरेका हुन् ।

उक्त संयुक्त विरोध प्रदर्शन उदयपुरको सदरमुकाम गाईघाटमा राष्ट्रघाती एमसीसी विरुद्ध विरोध जुलुससहित बजार परिक्रमा गरि काेणसभा सम्पन्न भएको थियो ।

बजार परिक्रमापछि कोणसभालाई नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज अमृत सी, क्रान्तिकारी (माओवादी)बाट गौरबहादुर देबकोटालगायतले सम्बोधन गरेका थिए ।

नेकपा पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य अमृत सीले राष्ट्रघाती एमसीसी खारेज नगरे देशमा ठुलो आधिबेहरीसहितको आन्दोलन हुने र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने चेतावनी समेत दिए । दलालहरुले राष्ट्रघाती एमसीसी पास गरेपनि नेपाली जनताले पास नगरेको बताउदै सम्पूर्ण देशभक्त, प्रगतिशील, नेपाली जनता सडकमा उत्रिन आह्वान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।