९ कार्तिक २०८१, शुक्रबार

अमेरिकी सेना आयो भने म अग्रिम मोर्चा लड्छु : पूर्वसांसद चिनक कुर्मी

0

MCC को विषयमा जनमत विभाजित छ । गत १ वर्षदेखि यो क्षेत्रमा MCC ले काम गरिरहेको छ । अझसम्म त अमेरिकी सेना देखिएको छैन । जनमत विभाजित छ । अमेरिकी सेना आयो भने सबै भन्दा अगाडि उभिएर लड्न म नै जान्छु । जनताले प्रतिरोध गर्छ । हामीले बैठकमा नेतालाई अमेरिकी सेना आयो भने तपाईंहरूको विरुद्ध उभिन्छौँ भनेका थियौं । राष्ट्रियताको बोध हिमालमा बस्नेलाई भन्दा सिमानामा बस्नेलाई बढी हुन्छ ।

जनयुद्धमा जातिय मोचीहरू बने । जातिय-क्षेत्रीय स्वायत्ताको विषय उठाइयो । तर स्वतन्त्रता पाइएन । अधिकार दिन चाहेनन् । मधेसीहरुले माओवादीको नारा चाेरेको होइन ।  नारा कसैले पनि चोर्न सक्दैन । माओवादीले मधेसीलाई अधिकार दिन नचाहेको हो ।

मलाई पार्टी सदस्यता बसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले दिनुभएको हो । उहाँको विषयमा सोधिरहन्थे । अनिल जीसँग पर्सावल सामूहिक हत्याकान्डको स्मृति सभामा २०६८ सालमा भेट भएको थियो। पुराना साथीहरू भेट्ने, छलफल गर्ने अवसर भयो । प्रज्वलन कमरेडले भेट्नासाथ कपाल फूलेछ दाई!’ भन्नुभयो । राजनीतिमा हिड्दाहिड्दै कपाल फुल्यो तर देश बुझिएन । तर अमेरिकी सेना आयो भने प्रतिरोध हुन्छ

(पूर्व सांसद कुर्मीले नेकपा, नवलपरासीद्वारा मूमहीको मोतीलाल बघुमुखी क्याम्पसमा आयोजना गरेको गोष्ठिमा अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमाथि गरेको टिप्पणीको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौँ-सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।