९ कार्तिक २०८१, शुक्रबार

एमसीसी सैन्य रणनीति नै हो : क्षेत्रबहादुर थापा

0

       क्षेत्रबहादुर थापा क्राकपा, इन्चार्ज  नवलपरासी

नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विचारहरूमा समानता छन् । व्यवहारमा समस्या आएका हुन् । राष्ट्रियताको विषयले एक ठाउँमा ल्याएको छ । असल र खराब तत्व जहाँ पनि हुन्छन् । MCC परियोजना अन्तर्राष्ट्रिय कानून, संघीयता र नेपालको प्रचलित कानूनको बर्खिलापमा रहेको छ । त्यसैले जनसङ्घर्ष र कानूनी संघर्षको माध्यमले खारेज गराउनु लड्नुपर्छ । नेपालको प्राकृतिक स्रोत र स्वतन्त्र अस्तित्व लुट्ने मनसाय देखिन्छ । MCC टावर बनाउन शुरु गयो भने आन्दोलनको आँधीबेरी सृजना गर्नुपर्छ । MCC सैन्य रणनीति नै हो । कार्यपत्र धेरै राम्रो लागेको छ । प्रचण्ड र माधव नेपालले MCC पारित गर्दैनन्, : यसकारण पारित हुँदैन भन्ने जनधारणा थियो । तर उनीहरूले जनतालाई धोका दिए । यिनीहरु विदेशीका दलाल हुन् । आफ्ना राष्ट्रघाती नेताका विरुद्ध कार्यकर्ताले विद्रोह गर्नुपर्छ ।

(२०८० भदौ २२ गते नेकपा, नवलपरासीद्वारा भूमहीमा आयोजित अनिल सीद्वारा प्रस्तुत कार्यापत्रमाथि गरिएको टिप्पणीको सम्पादित अंश, शिर्षक हामीले दिएका हौं । -सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।