९ कार्तिक २०८१, शुक्रबार

अमेरिकी दलालले एमसीसी विरोधका कार्यक्रममा दमन गर्दैछन् : तिलक सुवेदी,

0

          तिलक सुवेदी, राष्ट्रिय जनमाेर्चा नेपाल 

 

भदौ १३ गते बर्दघाटमा ४ दलले आयोजना गरेको MCC विरुद्धको जनसभा नवलपरासीका एसपी काजी आचार्य र सिडियो विश्वप्रकाश अर्यालले भाँडेका थिए । दमन गरिएको थियो । आज मोतीलाल बहुमुखी क्याम्पस भुमहीमा नेकपाले आयोजनामा गरेको गोष्ठि पनि भाड्न चाहेको थियो । तर आजको कार्यक्रम भाँड्न सकेनन् । प्रहरीले MCC विरुद्ध कार्यक्रम गर्न नदिनु भन्ने माथिको कडा आदेश छ भनेको थियो । आज पनि Mcc को विषयमा पनि माथिको आदेश भनेर कार्यक्रम भाँड्न खोजेको रहेछ । अमेरिकाका दलालहरु प्रहरी र प्रशासनमा छन् र चाकरी गरिरहेका छन् । दलालहरू अमेरिका जालान्, हामी कहाँ जाने ? हामी त यहीं मर्नुपर्छ । त्यसैले हामीले नै देशको रक्षा गर्नुपर्छ ।

सामाज्यवादलाई नयाँ उत्पादन र नयाँ बजार चाहिएको छ । त्यसैले MCC को आडमा आएको छ । नेपाल कुनै सैन्य गुटमा थिएन । MCC मार्फत अमेरिकी सैन्य गुटमा नेपाल धकेलिएको छ । सित-युद्धको अन्त्यपछि विश्व अमेरिकी सैन्य गुटको दबाबमा परेको छ । नेपाल प्राकृतिक स्रोतले समृद्ध देश हो । त्यो हडप्न अमेरिका एशियामा आएको छ ।

सरकारको एकजना वा एउटा निकायले अर्को अङ्‌गलाई चोर भन्छ । MCC बाट देशलाई कसरी बचाउने भन्ने पक्षमा पनि आउनुपर्छ । नेपाललाई इसाईकरण गर्ने र इसाई समुदायको सुरक्षा गर्ने भनेर हस्तक्षेप गर्ने अमेरिकी षड्यन्त्र देखिन्छ । जनताको व्यापक दबाबको कारण IPS रोकिएको छ । रवि लामिछाने अमेरिका की असली दलाल हो ।

(२०८० भदौ २२ गते नवलपरासी, भुमहीमा आयोजित “एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न” विषयक अन्तरक्रियामा व्यक्त विचारको सम्पादित अंश- शिर्षक हामीले दिएका हौं। – सम्पादक) 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।