३ आश्विन २०८१, बिहीबार

देशको बारेमा बोल्न पाइन भने धर्म छोड्छु

0

          मेघराज ज्ञवाली, विपस्यना गुरु

 

यो कार्यक्रमले मेरो पुनरमिलन गरायो । मेले माओवादी, मशाल, चौम, एकता केन्द्र सबै कम्युनिस्ट धारमा काम गरें ।अहिले कुनै पार्टीमा छैन। पुराना साथीहरू भेट्दा खुशी लाग्यौ । अहिले म बुद्ध धर्म अन्तरगतको विपस्यना ध्यानको गुरु भएको छु ।

पञ्चायत व्यवस्थाको विरुद्ध लडियो । तर आज त त्यो समयमा भन्दा पनि बढी विकृति विसङ्‌गति भयो । यद्यपि पञ्चायतमा तथ्यहरू लुक्थ्ये/सञ्चारको आज जस्तो पकड थिएन ।आज नेता र उच्च तहका व्यक्तिका छोराछोरीहरु विदेशमा बस्छन् ।यहाँ भएकाहरू सुन तस्करी, मानव तस्करी ठगी धन्दामा छन् ।भृकुटी मण्डपको भेलामा नेताहरूको तालमाल देखेर अब माओवादी धार विसर्जन भयो भन्ने लागेर पार्टी छोडेर बसेको हो । त्यसपछि राष्ट्रवादी-देशभक्त मोर्चा बनाएँ। तर मोर्चामा आउने पनि गतिलो देखिएनन् । विराटनगर कार्यक्रम बनाएर गएँ । मलाई भारतीय गुप्तचरले किन्न खोज्यो । त्यसपछि त्यो मोर्चा पनि विसर्जन भयो मलाई त यस्तो हुन्छ भने अरु नेताहरुलाई के के गरेका होलान् ?

शक्ति पुस्तकमा होइन, मञ्च अगाडि उभिएको जनतामा हुन्छ । एमसीसी ल्याउनेलाई जनताले फेरि काट्छन् । गाउँ-गाउँबाट लखेट्छन् । (काङ्ग्रेस नेता महेन्द्र यादवमाथि भएको काठमाडौं, भृकुटी मण्डपको घटनाप्रति सङ्‌केत-सम्पादक।)

मलाई देशभक्तिको कुरा गर्दा प्रहरीको मान्छे भनेका थिए।प्रहरीको मान्छे को रहेछ, अब थाहा हुन्छ । एमसीसी अगाडि, अमेरिकी दूतावास अगाडि नेताहरूले गोडा कमाएनन् भने, झुकेनन् भने एमसीसी केहि पनि होइन । टावर बनाउन थाल्यो, ब्यारेक बनाउन थाल्यो भने भत्काउनु पर्छ । म पनि तपाईहरुको साथमा छु । मर्न तयार छु ।

म अहिले विपस्यना गुरु छु । देशको स्वाधीनताको लडाईमा विपश्यना बाधक भयो भने विपश्यना नै छोडेर देश बचाउने अभियानमा लाग्छु ।हामीलाई आज नेपालवाद आवश्यक भएको छ । पृथ्वीनारायण शाहलाई अस्विकार गरेर नेपाल अगाडि जान सक्दैन ।इतिहासप्रति न्याय र विकास आवश्यक हुन्छ । पृथ्वीनारायण शाहले देशभक्त धारको जग बलियो बनाएका थिए ।
(२०८० भदौ २३ गते रुपन्देहीका ४ राजनीतिक पार्टीहरुद्वारा आयोजित, अनिल सीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक अवधारण पत्रमाथि गरिएको टिप्पणीको मुख्य अंश-सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।