४ आश्विन २०८१, शुक्रबार

अङ्ग्रेज भारतमा व्यापार गर्न आएर के गर्यो ?

0

         बाबुलाल यादव, नेकपा (एस)

 

म त विद्वानहरूको विचार सुन्न आएको हो । सबै वक्ताहरु विद्वान हुनुहुन्छ । पार्टी, धर्म, जात, क्षेत्र छोडेर मात्र देश बनाउन सकिन्छ । विद्यार्थी सङ्‌गठनमा छ, पढ्दैनन् । किसान सङ्‌गठनमा छ, किसान छैन । जसले जे भन्यो त्यही बोकेर हिड्ने छन् । एनसेलले कति लुटेको छ ? त्यसको हिसाब छैन । ५५ अरूको हल्ला गर्छन् । धनाढ्यलाई ४ हजार भत्ता किन चाहियो ? म यहाँ बोल्दैछु, एमसीसीका मान्छेले हाम्रालाई तिम्रो मान्छेले यस्तो बोल्दछ भनेर सुनाउँदै होलान् । दबाव उताबाट पनि गराउँदै होलान् । अङ्ग्रेज भारतमा व्यापार गर्न आएको थियो । उसले सम्पूर्ण भारतलाई दास बनायो । उनीहरु हामीलाई लडाउँछन् । प्रचण्ड र नेताहरुले जात-जातबिचमा लडाए । ‘चुच्चे नाक काट्ने हो, तातो रगत चाट्ने हो’ भन्ने नारासम्म लगाए। अमेरिकी विकासे संस्था यूएसएआईडीले विश्वका जनता फुटाउने गरेको छ । त्यसैले एमसीसी देशको निम्ति घातक छ ।

जमिनको खण्डिकरण छ । युवा विदेश पलायन भएको छ । गलत शिक्षा नीति छ । यो सबै पक्षमा आमूल परिवर्तन आवश्यक छ । भारतसँग संस्कृति मिल्छ । आवागमन सहज छ । उत्पीडन पनि भारतकै छ । शोषण पनि भारतकै छ। चीनसँग संस्कृति मिल्दैन । सहज आवागमन छैन । त्यसैले शोषण उत्पीडन पनि कम छ ।

मेरो पार्टी पनि सरकारमा छ । तर माओवादी र का‌ङ्ग्रेसको दबावमा छन् । म व्यक्तिगत रुपले देशको  अहितमा कहिलै जान्न । राष्ट्रघात स्वीकार गर्दिन । हामी तीन करोड छौं । इजरायलले कसैले औंला उठायो भने काटिदिन्छ । हामी देशको लागि इजरायलबाट सिकौं । हामी वीर गोरखाली हाैँ साम्राज्यवादसँग काप्नु हुदैन ।  त्रासले सधैँ बाँच्न सकिन्न । एमसीसी आउँदैछ भनेर सबैलाई सुनाउ, प्रचार गरौं । म वामपन्थी नेता मेरो राजनीतिक गुरु, शैक्षिक गुरू मेघराज ज्ञवालीले सिकाएर कम्युनिस्ट बनेको हो । एमसीसीले ५ वर्षमा काम सकेर फर्किन्न यसलाई लखेट्नुपर्छ ।

(२०८० भदौ २३ गते रुपन्देही जिल्लाका चारवटा राजनीतिक पार्टीहरुद्वारा आयोजित तथा अनिल विरहीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र स्वाधीनताकाे प्रश्न’ विषयक अवधारणा-पत्रमाथि बुटवलको न्यू एरा होटलको सभा कक्षमा व्यक्त विचारको सम्पादीत अंश-सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।